धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विमा गरेकाहरुलाई उपचार बन्द गर्नुको कारण भनि स्थानिय सरकार, प्रशासन र सुरक्षा निकायलाई देखाएको समस्याहरु झुठो र भ्रम फैल्याउनले भएको बिमा बोर्डले बताएको छ ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डलमा काठमाण्डौ गएका धरानका मेयर तिलक राईको नेतृत्वमा गत विहिबार स्वास्थ्य विमा बोर्डका निर्देशक सहित अधिकारीहरु विच भएको छलफलमा उक्त जानकारी दिइएको मेयर राईले बताएका छन् ।

विमितहरुको स्वास्थ्य सेवा बन्द गर्ने भनि चैत ९ गते वीपीले प्रकाशित गरेको सूचनाले धरानबासीमा फैलिएको भ्रमबारे छलफल गर्न बिमा बोर्डका पदाधिकारीहरु सोमवार धरान आउन आउने भएका छन् । स्थानिय सरकार, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल सहित सर्वपक्षिय उपस्थितिमा बिमा बोर्डले धरानमै छलफल गर्ने भएको हो ।

प्रमण्डल टोली स्वास्थ्य सेवा विभाग स्थित स्वास्थ्य विमा बोर्डको कार्यालयमै पुगेर वीपीले बिमाका बारेमा देखाएका समस्याहरुका बारेमा छलफल गरेको मेयर राईले बताए । छलफलमा बिमा बोर्डका कार्यकारी निर्देशक डा।दामोदर बर्तौला, उपसचिव बाबुराम खनाल, वरिष्ठ स्वास्थ्य अधिकृत शम्भुप्रसाद ज्ञवाली, शाखा अधिकृत शोभित रिजाल संलग्न थिए । प्रतिनिधि मण्डलबाट मेयर तिलक राई, कांग्रेस नगर सभापति श्याम पोखरेल, क्षेत्र क सभापति अनिल श्रेष्ठ, क्षेत्र ख सभापति मुरारी भट्टराई सहभागी थिए ।

यसअघि वीपीको सूचनाले धरानमा विरामीहरु आतंकित भएपछि मेयर राई, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुखले वीपीका निमित्त अस्पताल प्रमुख सहित सम्बन्धित अधिकारीहरु संग छलफल गरेको थियो ।

उक्त छलफलमा वीपीका अधिकारीहरुले बिमा बोर्डले बिमा रकम निकाशा नगरेको, बिमा रकम दाबीको मुल्याङन ढिलाई गरेको, दाबी गरिएको दररेट घटाउने गरेको सहित १८ वुंदे समस्या देखाएका थिए । बिमा बोर्डले २०० रुपयाको ओपीडी कार्डको ५० रुपया मुल्याङकन गरेको, बिमित विरामी दर्ता वीपीमा ८ बजे हुने तर बोर्डमा १० बजेपछि मात्र हुने समस्या देखाएको थियो ।

तर बिमा बोर्ड संगको छलफलमा विमा रकम निकाशामा कुनै किसिमको ढिलाई नभएको, बिमा दाबी रकममा कुनै कटौती नगरिएको बताइएको छ । बिमा बोर्डले विरामी दर्ता चौबिसै घण्टा खुला हुने व्यवस्था गरेको बताएको तर वीपीले भ्रामक कुरा किन गरेको भनि प्रश्न गरिएको मेयरलाईले बताए । उनले भने ‘यी सबै कुराको छलफल सोमवार बिमा बोर्डले धरानमै आएर गर्ने भएको छ ।’