तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

  • चैत्र १८, २०७८
  • १७४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भागलिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई विदाई गरेका छन् ।मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गरेका हुन् ।

तेक्वान्दोको पुरुष तर्फ पिताम्वर दाहाल (मोरङ) उत्तम राई (उदयपुर) अरुण डाँगी, रुद्र दनुवार,सिद्धार्थ प्रधान, श्याम थापा (झापा), जीवनकुमार तामाङ, संयोग लिम्वु, युकेश भट्टराई, शिव खड्का, आर्यन कट्वाल, सुसन थापा (सुनसरी), रोशन चौधरी (उदयपुर) सिजन बुढाथोकी, प्रवेश चापागाई (झापा),महिला तर्फ शुभना धिमाल, नेहा चौधरी, आश्मा राई (मोरङ) छोटी शेर्पा , निर्जला गुरुङ, (ओखलढुङ्गा), रेनुका विक, सञ्जु विक, विनिता माझी (उदयपुर), सृजना तामाङ, समीक्षा लिम्वु, दिया लिम्वु, रिसिका भुजेल, (सुनसरी), संगीता तामाङ (इलाम), दीपा दुक्पाउ (संखुवासभा)लाई मन्त्री राईले विदाई गरेका थिए ।

यस्तै थाई बक्सिङका युकेश धिमाल र एरिक राईलाई विदाई गरिएको छ । मन्त्री राईले दुवै खेलका प्रशिक्षकहरुलाई पनि विदाई गरेका थिए । सामाजिक विकास मन्त्री राईले उत्कृष्ट खेल प्रदर्शन गरि छनौट भएर आउन पनि शुभकामना दिए ।

 

प्रतिक्रिया दिनुहोस

इलामबाट सात राउण्ड गोलीसहित एक जना पक्राउ

इटहरीः इलामको सूर्योदय नगरपालिका–९ ढोडेबाट प्रहरीले सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको ...

तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित, वार्षिक पाँच करोडको ढाका निर्यात गर्दै

तेह्रथुमः तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन् ...

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्नेलाई आजीवन कारावास

इटहरीः संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जना मध् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved