इटहरीः गत १४ गते राती १० बजेर १० मिनेटको समयमा बम बिस्फोटनको घटनाले इटहरीलाई तर्सायो । इटहरी उपमहानगरपालिका वडा नम्बर २ नवजागृती टोलमा भएको विस्फोटमा इलाका प्रहरी कार्यलय इटहरीको टोली तत्काल परिचालित भयो ।

घटनामा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काको नेतृत्वको टोलीले इटहरी २ नवजागृती टोलमा अमित श्रेष्ठको घरको भुई तलामा घरको सिसा फुटेको , सुत्ली बमको छर्राहरु यत्रतत्र छरिएको र बम विस्फोट हुँदा भएको आगलागीलाई निभाउन स्थानीयले पानी छरिरहेको भेट्यो ।

अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरीसकेको छ । घटनाको मुख्य योजनाकार मानिएका व्यत्ति हुन्, झापा जिल्ला कन्काई नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका खगेन्द्र खरेल ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी संजयसिंह थापाका अनुसार खरेल हिमाल सुरक्षा परिषद् नामको संस्थामा जोडिएर राजावादी अभिव्यत्ति दिने गर्दछन् । खरेलका बाबु भारत सरकारको सञ्चार निगममा कार्यरत रहेकाले धेरैजसो समय भारतमै रहेको र भारतमै पढेको पाइएको छ ।

खरेलले २०५५ सालमा भारतीय सेनामा ५ बर्ष जागिर समेत खाएको थाहा हुन आएको छ । अनुसन्धानका क्रममा खरेलले आफु ३० वटा अन्तराष्ट्रिय भाषामा दख्खल रहेको दावी गरेको एसपी थापा बताउँछन् । खरेलले भारतमा बसेर नेपालको राजनितिकका कमजोरी केलाउँदै अपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ । इटहरीमा बम राख्न मुख्य भुमिका निर्वाह गर्ने खरेल २०७६ सालमा ग्रेटर नेपालको मुख्य अभियान चलिरहँदा त्यसको केन्द्रिय सदस्य रहेको समेत खुलेको छ । खरेलको बिचार राजाको पक्षमा वकालत गर्नेगरीको सिएफएन नामक संस्थासंग समेत मिल्ने रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

खरेलको कमाण्डमा गत माघ ९ गते झापाको बिर्तामोडमा र सोही महिनाको १३ गते दमकको शिवान चर्चमा हिमाल सुरक्षा परिषदको पर्चा सहित विस्फोटक पदार्थजस्तो देखिने संकाश्पद बस्तु प्रेसर कुकर राखेको घटनामा समेत मुख्य योजनाकार रहेको प्रहरीले प्रमाणित गरेको छ । २०७६ साल बैशाख २८ गते झापाको कन्काई पुलमा समेत गोर्खा जनमुक्ति पार्र्टीको नाममा ग्रेटर नेपालको माग राखि बम विस्फोट गराएको घटनामा पक्राउ परेर संगठीत अपराध कसुरमा २ बर्ष ५ महिना कैद भुत्तान गरेका खरेल हिमाल सुरक्षा परिषद् नेपालको केन्द्रिय अध्यक्ष रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रहरीले घटनाका मुख्य योजनाकार सहित बम इटहरीकै कुनै चर्चमा बिस्फोट गर्ने तयारी गरिएको तर ह्याण्डल गर्न नजान्दा अचानक बिस्फोट भएको पाइएको छ । प्रहरीले घटना स्थलमा घाईते भेटाएका दुई जना इटहरी २ मा डेरा गरी बस्ने रविन थापा र लमजुङ्गका शेरजंग गुरुङ्गलाई पक्राउ गरी उपचारमा पठाएको थियो भने डेराकी धनि लक्ष्मी देवी थापा ठकुरीलाई समेत इटहरी २ मै लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको थियो ।