इलामः इलामको इलाम नगरपालिका वडा नम्बर ९ साँझबोटेमा भाइको खुकुरी प्रहारबाट दाजु गम्भीर घाइते भएका छन् ।

स्थानीयका अनुसार गत दीपावलीमा दाजुभाइबीच विवाद भई बोलचाल नै बन्द भएको थियो । शनिबार दिउँसो आफ्नै घरमा सुतिरहेका ३० वर्षीय सञ्जीव सुवेदीलाई उनकै भाइ २८ वर्षीय नवीनले दाजुको घरमै गई खुकुरी प्रहार गरेका थिए ।

भाइले गरेको खुकुरी प्रहारबाट दाजुको बायाँ हातको औंला र दाहिने कानको माथि टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइतेलाई तत्काल जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि झापा पठाएको छ । भाइ नवीनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।