इटहरीः विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा कार्यरत चिकित्सक विजय यादव मृत फेला परेका छन् ।
पाँच बर्षदेखि नोवेल हस्पिटलमा कार्यतर यादवको घर सप्तरीको राजविराज हो । उनि नोवेल हस्पिटल नजिकै डेरा बस्ने घरको आँगनमा शनिवार बिहान मृत फेला परेका हुन् ।
यादवको शव घरको गेट नजिकै हात बटारिएको अवस्थमा फेला परेको थियो । नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेका हुन् ।

शनिबार बिहान डेरा बस्ने घरको कम्पाउन्डभित्र मृत भेटिएका डाक्टरको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।यादवको शव गेटभित्र पूर्वतर्फ टाउको, घोप्टो परेको र एउटा खुट्टामा जुत्ता र अर्को खाली अवस्थामा भेटिएको थियो । उनको एउटा हातको कुहिना र मुखबाट रगत बगेको थियो । यादवको शव नजिकै जुत्ता र एउटा लाइटर फेला परेको थियो ।
मोरग प्रहरीका अनुसार यादव शुक्रबार बेलुका एयरपोर्ट मोडमा रहेको एक होटलमा बसेका थिए । अन्य दुई साथीसँग बसेर बियर सेवनपछि उनी राति करिब ११ बजे डेरातर्फ लागेका थिए । उनको डेरा बिराटनगर ४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलामा छ । उनका साथीले स्कुटरमा उनलाई घरछेउमा छाडेको बताएको प्रहरीको भनाई छ ।

प्रहरीले बेलुकासँगै होटलमा बस्ने दुई जना साथीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उनका एक जना इम्प्लान्ट सामग्री हाड जोर्नीमा लगाउने स्टिलका रडहरू सप्लाइ गर्ने र अर्का साथी सिए हुन् । उनीहरूले यादवलाई डेरानजिक करिब ५० सय मिटर दक्षिणमा छाडेका थिए ।यादव ४ वर्षदेखि यादव हाडजोर्र्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा काम गर्दै आएका नोवेल मेडिकल कलेजले जनाएको छ । उनि एमबिबिएस अध्ययन पुरा गरेको डाक्टर हुन् ।

शुक्रबार मात्रै मोरङको कटहरी गाउँपालिका–३ मा अस्पतालले गरेको स्वास्थ्य शिविर सकेर फर्केको अस्पताल प्रशासनले बताएको छ । ६ जनालाई नियन्त्रणमा लिएर घटनाको शुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादवका बुबा यदुनन्दन, आमा चन्द्रकलाको एक छोरा र एक छोरी थिए । मृतक यादवले बङ्गलादेशबाट एमबिबिएस सकेर नोबेल अस्पतालमा काम गर्दै थिए भने बहिनी विनिता दिल्लीमा नर्सिङ विषयमा अध्ययनरत रहेको बताइएको छ । तस्वीरः हाम्रोमत