इटहरीः १२ औ संस्करणको इटहरी गोल्डकपको उद्धघाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीले जित निकालेको छ ।  इटहरी रंगशालामा भएको खेलमा आर्मी आयोजक राष्ट्रिय जागृति बिरुद्ध गोल २–१ गोल अन्तरको जीत निकालेको हो ।

आर्मीलाई जित दिलाउन टेकबहादुर बढाथोकी र भरत खवासले गोल गरे । आयोजकका विजय भुजेलले सान्तवना गोल फर्काए । खेलको सुरुवाती अग्रता आर्मीले लिएको थियो । खेलको २९ औ मिनेटमा टेकबहादुरले अग्रता दिलाए ।

१० मिनेट नवित्दै भरतले अग्रता दोब्बर बनाए । राष्ट्रिय खेलाडीले भरिएको आर्मी विरुद्ध दोश्रो हाफको २३ औ मिनेटमा बिजयले सान्तवाना गोल फर्काए । पहिलो हाफमा फितलो प्रर्दशन गरेको आयोजकले दोश्रो हाफमा आर्मी माथि दबाब सृजना गरेपनि जित निकाल्न सकेन् । आर्मीको एक पछि अर्को प्रहारालाई आयोजकका गोलरक्षकले निस्तेज बनाएपछि गोल अन्तर कम भएको हो ।

IMG_9728

म्याच कन्फ्रेन्समा बोल्दै आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो हाफको योजना सफल भएकाले जित निस्किएको बताए । उनले पहिलो हाफमा २–० को अग्रता बनाउनु नै जितको आधार भएको बताए । दोश्रो हाफमा विपक्षी टोली विरुद्ध सहज खेल्दा गोल व्यहोर्नुपरेको उनले बताए । उनले सेमीफाइनलमा टोलीको पहिलो रोजाईमा नवयुग श्रेष्ठ समेत रहने बताए ।

आयोजक टोलीका प्रशिक्षक सुरेन्द्र तामाङले आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको बताए । उनले स्थानीय स्तरका खेलाडीहरु सम्मिलित आयोजक टोलीले दबाब बनाउन सफल भएको बताए ।

तामाङले रेफ्री र लाइन्समेन विचको तालमेल अभाव देखिएको बताए । ‘ रेफ्रीको संकेत र लाइनमेनको संकेत नै फरक देखिन्थ्यो । ’ तामाङले भने ‘ सेट टिम विरुद्ध दवाव सृजना गर्नु सफलता मानेका छौ ।’

IMG_9732

प्रतियोगिता अन्र्तगत दोश्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङदीले पाहुना टोली भारतको कञ्चनजंघा एफसीसंग प्रतिस्पर्धा गर्र्दैछ । प्रतियोगिताको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले उद्धघाटन गरेका थिए । उद्घाटन खेलमा करिब २ हजार दर्शक रहेको आयोजकको दावी छ । राष्ट्रिय जागृति क्लब इटहरीको आयोजना शुरु भएको प्रतियोगिता चैत्र २६ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट रहेको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।

IMG_9740