इटहरीः १२ औ संस्करणको कन्ट्रोल लुब्रिकेन्ट इटहरी गोल्डकपको दोश्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङदी क्लबले पाहुना टोली भारतको कञ्चनजंघा एफसीसंग प्रतिस्पर्धा आइतबार(आज) गर्दैछ । अपराहन्न ३ बजेबाट इटहरी रंगशालामा हुने खेल मनाङको लागि प्रतिष्ठाको लडाई हुनेछ ।सिजनको सबैभन्दा सफल क्लब मनाङलाई पाहुना टोली विरुद्ध इतिहासमा बलियो छ ।

७ बर्ष आहारारा गोल्डकपमा ७–० गोल अन्तरको सान्दार जित निकाल्दै मनाङ विजयी भएको थियो । आहाराराको इतिहासमा यो हालसम्मकै सबैभन्दा फराकिलो जित थियो । मनाङलाई पाहुना टोली विरुद्धको इतिहास पुनारवृत गर्ने अवसर समेत छ ,इटहरी मैदानमा ।

कञ्चनजंघा विरुद्धको सान्दार जित दोहो¥याउन मनाङ सामु चुनौती छ । मनाङ ए डिभिजन लिगपछि २ वटा गोल्डकप जित्न सफल भएको छ । गत महिना खप्तड गोल्डकप जितेको मनाङले ३ दिन अघि मात्र पुलिसलाई हराउँदै दमक गोल्डकपको उपाधि चुमेको थियो । अर्को तर्फ पछिल्लो पटक इटहरी रंगशालामा २०७५ माघमा भएको दोश्रो मदन भण्डारी इटहरी गोल्डकपमा फाइनलिष्ट टिम हो, मनाङ ।

277230770_5462777640422452_8986006357298682697_n

इटहरी मैदानमा पुरानो साख जोगाउन पनि मनाङको लागि अपरिहार्य देखिन्छ । नेपाली राष्ट्रिय टोलीका खेलाडी सहित मैदान उत्रने मनाङको कप्तानी अञ्जन विष्टले गर्नेछन् । मनाङबाट राष्ट्रिय टोलीमा अञ्जन सहित दिनेश राजवंशी, पुजन उपरकोटी, नितिन थापा, सुमन लामा, , कमल श्रेष्ठ, फ्रयाङ्कलिन, शिशिर लेखी, विशाल सुनार, दयानन्द सिंह, मोन्सा, अफिज ओलावले, रुपेश केसी, बिमल राना लगायतका खेलाडीहरु रहनेछन् ।

दुवै टोलीमा केही अफ्रिकी मुलका खेलाडी समेत हुनेछन् । मनाङको टोली इटहरी आइपुगेको छ । कञ्चनजंघाको टोली आज मात्र आउने आयोजक समितिका संयोजक अनुरोध थापाले जानकारी दिए ।