इटहरीः आइतबार बिहान करिव पौने पाँच बजे इटहरीको कान्छी चोक तरहरा खण्डमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

आज (आइतबार) बिहान करिव पौने ५ बजे इटहरीको कान्छीचोक–चतरा सडक खण्डमा बेबिलोन बोर्डिङ स्कुल इटहरीको को १ क १८६६ नम्बरको बसले ठक्कर दिँदा महिलाको घटना स्थलमै मृत्यु भएको थियो ।

मृतक महिलाको आफन्तले आइतबार करिव ९ बजे इलाका प्रहरी कार्यलय पकलीमा सनाखत गरेका छन् । मृत्यु हुनेमा इटहरी १८ कि नेहरुन खातुन रहेको इलाका प्रहरी पकलीले बताएको छ । दुर्घटना हुनासाथ चालकलाई र दुर्घटना गराउने स्कुल बसलाई प्रहरीले कव्जामा लिएको छ ।