इटहरीः तनहुँको मिडल इष्ट कराँते डोजोका ४ खेलाडीले काठमाण्डौमा सञ्चालन भएको पहिलो वादो कप कराँते प्रतियोगितामा गोल्ड सहितका मेडल हात पारेका छन् ।

काठमाण्डौको मनमैजुमा सञ्चालन भएको पहिलो वादोकप कराँते प्रतियोगितामा तनहुको मिडलइष्ट कराँते डोजोका २५ केजि तौल समुहका जेसन गुरुङ्गले गोल्ड मेडल प्राप्त गरेका छन् भने ४० केजि तौल समुहका दिपेन गुरुङ्गले दोस्रो अर्थात सिल्भर मेडल र ३० केजी तौल समुहका अर्लोभ तामाङ्ग र २५ केजी तौल समुहका सरोज गुरुङ्गले ब्राउन मेडल हात पारेका मिडलइष्ट कराँते डोजोका प्रशिक्षक राम घलले बताए ।

घलेले केहि महिना अघिमात्रै तनहुँ जिल्लाको खहरे भानु ३ मा मिडलइष्ट कराँते डोजो स्थापना गरेर स्थानीय युवा र किशोर किशोरीलाई कराँते प्रशिक्षण गराईरहेका छन् ।