इटहरीः इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली क्यामरुको एभेनियर फुटबल क्लब विरुद्ध झापाको रोलिङ क्लब धुलाबारी प्रतिस्पर्धा गर्र्दैछ । पुर्वको फुटबलमा एक समय आफ्नो वेग्लै प्रभाव राखेको रोलिङलाई पाहुना टोली विरुद्धको खेल नयाँ अनुभव हुनेछ ।

नेपाली फुटबलमा खप्तड गोल्डकपबाट प्रवेश पाएको क्यामरुनी टोली केही सहज हुनेछ अपेक्षा छ । विश्व फुटबलमा आफ्नो प्रभुत्व कायम गरेका स्यामुएल इटोको देश क्यामरुनको एभेनियर स्थानीय टोली हो । यसै सिजनमा नेपाल आएको एभेनियर दोश्रो जितको खोजीमा हुनेछ ।

उसले यसअघि सहभागिता जनाएको ३ वटा प्रतियोगितामा एक मात्र जित निकाल्न सकेको छ । छैटो संस्करणको राजसी जनक कपमा एपिएफ विरुद्ध टाइब्रेकरमा जित बाहेक ३ खेलमा पराजित भएको छ ।

अर्को तर्फ रोलिङ फुटबलमा आफ्नो पुरानो पहिचान फर्काउन इटहरी मैदानमा हुनेछ । झापाबाट यसै बर्ष सी डिभिजन क्वालिफायर खेलको रोलिङ नकाउट चरण प्रवेश गर्न सफल भएको थियो ।

रोलिङ केही नेपाली राष्ट्रिय टोलीबाट सहभागिता जनाएका र स्थानीय युवा खेलाडीहरुको समिश्रणका साथ इटहरी रंगशालामा उत्र्दैछ । रोलिङको गोलपोष्ट मनोज प्रधानले सम्हाल्दै गर्दा आक्रमणको जिम्मा सन्जोग राई र निशान लिम्बुको जिम्मा हुनेछ । मिक्सेन सुब्बा, सिमान्त थापा लगायतका युवा खेलाडीहरुको साथ रोलिङलाई हुनेछ । रोलिङसंग केही अफ्रिकन खेलाडी समेत हुने सम्भावना छ ।

277730993_686823365993633_7137578211619779045_n

यसै बर्ष रोलिङले बेलबारी गोल्डकपमा च्यासल क्लबलाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो । झापामा आयोजित केही प्रतियोगितामा उसले औषत प्रर्दशन गरेको थियो ।खप्तड गोल्डकपका लागि नेपाल आएका क्यामरुनी टोलीले धनगढीमा आफ्नो पहिलो खेल फ्रेन्डर्स विरुद्ध २–० ले गुमाएको थियो । त्यसपछिका खेलहरु केही सुधारिएको प्रर्दशन थियो एभेनियरको ।

छैटो संस्करणको राजसी जनक कपको आतिथ्यता मान्न सर्लाही पुगेको टोलीले ए डिभिजनको विभागीय टोली एपिएफलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । सेमीफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता मछिन्द्र बाधक बन्यो ।

नेपाली राष्ट्रिय टोलीका खेलाडीको बाहुल्याता रहेको मछिन्द्र विरुद्ध निधारित समयमा बराबरीमा रोकेको एभेनियर सडनडेथमा ६–५ ले पराजित बन्यो । लगतै दोश्रो संस्करणको दमक गोल्डकप खेल्न प्रदेश एक आएको टोली क्वाटरफाइन खेलमा विभागीय टोली नेपाल पुलिस विरुद्ध टाइब्रेकरमा ५–४ गोल अन्तरले हार्न पुग्यो । टाइब्रेकरमा जस्पिनो चुक्दा पुलिस विरुद्ध रवाफ देखाउन एभेनियर असफल बन्यो ।

दमकको पराजयपछि ७ औ दिनमा उसले रोलिङलाई प्रतिद्धन्द्धी पाएको छ । इटहरी मैदानको अनुभव लिन क्यामरुनी खेलाडीहरुले आइतबारको मनाङ र कञ्चनजंघा एफसीको खेल हेरे ।