इटहरीः आइतबार साँझ करिव ७ बजे इटहरीको पकली चोकमा भएको सवारी दुर्घटनामा इटहरी उपमहानगरपालिका वडा नम्बर १७ बस्ने पेशल खतिवडा गम्भिर घाइते भएका छन् । विरामीलाई उद्यृत गर्दै स्थानीय पेशल आचार्यले दिएको जानकारी अनुसार धरानबाट थुनुवा बोकेर आएको प्रहरीको गाडीले खतिवडालाई ठक्कर दिएको बताइए पनि प्रहरीले भने स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको बताएको छ ।

शुभ व्रतबन्धमा सहभागि भएर आउने क्रममा को ३९ प ५३१९ नम्बरको स्कुटरमा सवार भइरहेका खतिवडा दुर्घटनामा परेका थिए । इलाका प्रहरी कार्यलय पकलीका अनुसार दुर्घटना भएकै समयमा पश्चिमबाट पुर्व तिर गइरहेको धरानको थुनुवा बोक्ने गाडीले भेटेपछि घाइतेको तत्काल उद्धार गरी उपचारका लागि विराटनगर स्थित बिराट नर्सिङ्ग होममा पठाएको थियो ।

तथापी स्थानीयले भने दुर्घटना प्रहरीको गाडीले गराएको बताएको आचार्यले जानकारी दिएका छन् । विरामी आइसियुमा भएका कारण कसरी दुर्घटना भएको हो भन्ने अहिले पनि अनुसन्धानकै क्रममा रहेको इलाका प्रहरी कार्यलय पकलीको भनाई छ । “हामीले धरानमै गएर थुनुवा बोकेको गाडी पनि निरिक्षण गर्यौँ अहिले सम्मको अनुसन्धानमा प्रहरीले दुर्घटना गराएको खुलेको छैन । ”इलका प्रहरी कार्यलय पकलीले भनेको छ ।

बिरामीको खुट्टामा चोट लागेका कारण अत्याधिक रगत गएको र अहिले रगत दिएर आईसियुमा राखिएको भएकाले बिरामीको बारेमा अहिलेनै केहि भन्ने अवस्था नरहेको विरामीका आफन्तले बताएका छन् ।

प्रहरीले मान्छेलाई घाइते बनाएर हिडेपछि चासो देखाउनु पर्नेमा त्यसो नभएको  बिरामीका आफन्तले आरोप लगाएका छन् । प्रहरीले भने आफुहरुले अहिले सम्म गरेको अनुसन्धानबाट प्रहरीले दुर्घटना गराएको नदेखिएको तर विरामीको होस आएपछि सत्यतथ्य बाहिर आउन सक्ने बताएको छ । घटना भएको सुन्नासाथ आफु पकली चोकमा आउँदा प्रहरीको टोलि सडकमा भएको रगत पखालीरहेको तर दुर्घटना आफुहरुले नगराएको बताएको स्थानीय आचार्यले दावी गरेका छन् ।