इटहरीः इटहरी अस्पतालमा स्वास्थ्य बीमाका बिरामीका लागि भएको अस्तव्यस्तता र वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भएको समस्याको समाधान गर्न माग गर्दै युवा संघ नेपालले पुर्व प्रद्यानमन्त्री माधव कुमार नेपाल र प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईलाई ध्यानकर्षण गराएको छ ।

सोमबार इटहरीमा आयोजना भएको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न इटहरी आएका पुर्व प्रद्यानमन्त्री एंव नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर युवा संघ नेपालका इटहरी उपमहानगर कमिटीका अध्यक्ष समिप ढकालले ध्यानाकर्षण गराएको हुन् ।

ढकालले प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई समेत ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री राई पनि सोही कार्यक्रमलाई सम्बोधन गर्न सोमबार इटहरी आएका थिए ।

277682483_374579784376550_8095521571392954959_n

ध्यानकर्षण पत्रमा युवा संघ नेपालका इटहरी अध्यक्ष ढकालले स्वास्थ्य बीमामा ६ महिनामा एक पटक अथवा नविकरण नभएसम्मका लागि एक पटकमात्रै रिफर लिने व्यावस्था गरिदिन माग गरेको छन् ।

इटहरी अस्पतालमा रिफरका लागि आउने बिरामीहरुका लागि छुट्टै लाइनमा टोकनको व्यावस्था गर्न समेत माग गरेका छन् । अध्यक्ष ढकालले इटहरी अस्पतालमा दैनिक, बाल, स्त्री तथा प्रशुती चिकित्सकको व्यवस्था गरी सहज स्वास्थ्य उपचारका लागि पहल गर्न र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा देखिएको भ्रष्टाचारको छानविन गरी प्रतिष्ठानको सुधार गर्न समेत ध्यानाकर्षण गराउँदै माग गरेका छन् । आफुले देखाएका समस्याहरु नगरी नहुने समस्या भएका कारण त्यसको तत्काल समाधान निकाल्न माग गरेका छन् ।