विराटनगरः बलात्कारको आरोप लागेर निलम्बनमा परेका प्रहरी जवान जितविक्रम दाहाल मृत फेला परेका छन् ।

सुनसरीको शुक्रबारेमा कार्यरत २६ बर्षीय प्रहरी जवान दाहालको शव झुण्डिएको अवस्थामा बिराटनगर स्थित घर नजिकै फेला परेको हो । दाहाल विराटनगर महानगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् । दाहालको शव घरनजिकको भोगटेको रुखमा गाम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनिमाथि महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । अदालतबाट धरौटीमा छुटेपछि घरमै बस्दै आइरहेका थिए । दाहाल गत पुष देखि घरमै बसेको बताइएको छ । अदालतबाट धरौटीमा छुटेको भएपनि उनको जागिर बिचाराधिन अवस्थामै थियो ।