झापाः झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका ७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन् ।

मंलबार बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खडकाको साथबाट १४ ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।