इटहरीः नेपाल राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष इटहरी निवासी व्यवसायी शैलेश विष्ट प्रदेश एकको प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ बमोजिक प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा विष्टलाई नियुक्त गरिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विष्ट प्रदेशको सामाजिक विकास मन्त्री अध्यक्ष रहने खेलकुद विकास बोर्डको सदस्यमा मंगलबार नियुक्त भएका हुन् ।शैलेशको नेतृत्व गरेको नेपाल राष्ट्रिय तेक्वान्दो संघ प्रदेश एकले हालै ललितपुरको सातदोवाटोमा भएको तेक्वान्दो प्रतियोगितामा गोल्ड सहित १४ मेडल प्राप्त गरेको थियो ।

प्रदेश सरकारको मंगलबार बसेको बैठकले अघिल्लो खेलकुद विकास बोर्डका पदाधिकारीलाई बिस्थापित गरी नयाँ पदाधिकारी चयन गरेको थियो ।