इटहरीः बेलका नगरपालिका वडा नम्बर ३ यसोदा खोलाको डिलमा मंगलबार मृत फेला परेकी कविता सुनुवार राईको हत्यामा संलग्न १९ बर्षीय विनोद ढकाललाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरले बेलकाकै १९ बर्षीय विनोद ढकालनै कविता सुनुवारको हत्यामा संलग्न भएको भन्दै बुधबार सार्वजनिक गरेको हो ।
प्रहरीले पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नताको आरोप लागेका व्यक्तिलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न भनिएका वर्षीय विनोद ढकालले प्रहरीलाई बयान दिने क्रममा १० दिन पहिलेबाटै कविताको हत्याको योजना बुनिएको समेत बताएका छन् ।

कवितासँगै पढ्ने सहपाठी साथी सरिता खत्रीसँग मनमुटाव भएपछि सरिताले विनोदलाई प्रयोग गरेर कविताको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले बताएको छ । प्रहरीसँगको वयानको क्रममा विनोदले कविताको हत्या गर्ने उद्धेश्यले घरबाटै वियरको बोतल बोकेर गएको समेत खुलेको छ । घरबाटै वियरको बोतल बोकेर बाटोमा पछाडीबाट बियरको बोतलले प्रहार गरेपछि कविता भुईमा ढलेको र त्यसपछि घिँसादै यसोदा खोलाको डिलमा लगेर ढुगाँले प्रहार गरेको विनोदले बयान दिएका छन् ।

udayepur hatiya photo.jpg 2

घटनामा १७ बर्षीया नाबालिका सरिताको समेत संलग्नता देखिएको भएपनि उनलाई भने सार्वजनिक नगरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानको आधारमा ‘घटनामा दुईजनाबाहेक अन्यको संलग्नता देखिएको छैन् तर पनि घटनाको अनुसन्धानको शुरुवात भएकोले यसै भन्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यलयको भनाई छ । बालिकाको हकमा ५ दिन र विनोदको हकमा ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले मङ्गलबार नै ती सार्वजनिक गरिएका युवासहित १७ वर्षीया सरिता ढकाल –खत्री) लाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यलय गाईघाट पुर्याएको थियो । साथीसँगै विहान ट्युसन हिडेकी कविताको शब मंगलबार स्थानीय यशोदा खोलामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

कवितालाई बियरको बोतल र ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपिहरुले स्वीकार गरीसकेको छन् । प्रहरीले घटनास्थलबाट बियरका बोतल र रगत लागेको ढुंगा बरामद भएको जनाएको छ ।