इटहरीः विभागीय टोली त्रिभुवन आर्मी १२ औ संस्करणको फाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो ।

आर्मीको जितमा टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे । झापाका अजयी मार्टिन्सले सान्तवना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा ३ वटै गोल दोश्रो हाफमा सम्भव बन्यो । खेलको ५१ औ मिनेटमा टेकबहादुरले आर्मीलाई सुरुवाती अग्रता दिलाए ।

सन्तोष तामाङको फ्रिकिक प्रहारलाई उनले झापाका गोलरक्षक मनोज प्रधानलाई विट गराउँदै गोल गरे । खेलको अन्तिम मिनेटमा गोलरक्षक अघि बढेको मौकामा सन्तोषले अग्रता दोब्बर बनाए । इन्जुरी समयमा अजयीले आर्मीको डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै झापाको लागि सान्तवना गोल फर्काए । जितसंगै आर्मीले कम्तीमा ३ लाख ५० हजार सुरक्षित गरेको छ ।

IMG_0075

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् । खेलको ८ औ मिनेटमा झापाका सुनिल खड्काको प्रहार बाहिरियो । १४ औ मिनेटमा आर्मीका सन्तोष तामाङले पाएको अवसरलाई पोष्ट बाहिर प्रहार गरे । लगतै कप्तान भरत खवासको हेडर बाहिरियो । १६ औ मिनेटमा झापाका अजयीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गर्दैै बाहिर पठाए । ४३ औ मिनेटमा अजयीको शक्तिशाली प्रहार बारमा लागेर फर्कियो ।

६४ औ मिनेटमा झापाका फोडे फोफोनाको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ६६ मिनेटमा कुलदिप कार्कीको फ्रिकिक प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ७० औ मिनेटमा अजयीले वान भर्सेस वानको अवस्थामा पाएको अवसरलाई प्रहार गर्न नसक्दा आर्मीका डिफेन्डर गौतम श्रेष्ठले क्लियर गरिदिए । ७१ औ मिनेटमा आर्मीका गोलरक्षक विकेश कुथुको हातबाट फुत्किएको बललाई डिफेन्डर गौतमले क्लियर गरिदिए । ८८ औ मिनेटमा झापाका सञ्जोग राईले वान भर्सेस वानको अवस्थालाई जाली चुमाउन सकेनन् । उनको प्रहारलाई विकेशले बचाए ।

आजको खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौका टेक बहादुर बुढाथोकी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । उनलाई आजको खेलका प्रमुख अतिथि १ नं प्रदेश खेलकुद बिकाश बोर्ड सदस्य सचिव हंश राज वाग्ले र इटहरीका व्यवसायी बाबुराम प्रधानले नगद हस्तान्तरण गरेका थिए ।

IMG_0064

 

झापाका प्रशिक्षक सुजन गुरुङले विभागीय टिम भएकाले पाएका चान्सहरुलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताए । वान भर्सेस वानका अवसर गुमाउनु र केही राम्रा अवसर बारमा लागेर फर्किएको कारण पराजित भएको बताए ।

विशाल राई र देवेन्द्र तामाङ हतारमा काठमाण्डौबाट आएको कारण अपेक्षा अनुसार खेल्न नसकोको उनले बताए ।उनले सुरुमा पाएको अवसरलाई सदुपयोग गर्न नसको बताए । केही खेलाडीहरुमा स्वास्थ्य समस्या देखिएपछि पहिलो हाफमा गोल गर्न कठिनाई भएको उनले बताए । दोश्रो हाफको सुरुमा स्कोर निस्किएपछि डिफेन्सिभ खेलेको बताए । न्यौपानेले दोश्रो हाफमा पुरै डिफेन्सिभ खेलेपछि पाएको अवसरमा दोश्रो गोल निस्किएको बताए ।

उनले काउन्टर एट्याक रणनीति अन्तिममा आएर सफल भएको बताए । उनले अन्तिम मिनेटमा मात्र विपक्षी टिमले गोल गरेकाले जित्न सहज भएको बताए । उनले खेल सकिनुभन्दा ५ मिनेट अघि मात्र विपक्षी टोलीले गोल गरेको भए जित निकाल्न कठिन रहने बताए । दोश्रो सेमीफाइनलमा भोली –बिहिबार) मनाङ मस्र्याङदी र सगरमाथा क्लब बिराटचोक प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनल खेल २६ गते शनिवार हुने छ । प्रतियोगिताको मुख्य प्रायोजन कन्ट्रोल लुब्रिकेन्टले गरेको छ । 

IMG_0111