इटहरीः नेपाल पर्यटन बोर्ड, होटल व्यवसायी महासंघ नेपाल र होटल व्यवसायी संघ प्रदेश एकको संयुक्त आयोजनामा दुई दिने साना होटल तथा लज व्यवस्थापन तालिम बिहिबारबाट इटहरीमा सुरु भएको छ ।

प्रदेश स्तरीय तालिमममा प्रदेश एकका १४ वटै जिल्लाका होटल व्यवसायी प्रनिनिधिहरुको सहभागिता सहित इटहरीको होटल इन्टुरिष्टमा सुरु भएको हो ।
तालिमले प्रदेश एकमा सञ्चालन भएका होटल तथा लजलाई अझ वढी व्यवस्थित र मर्यादित वनाउने उद्धेश्य लिएको होटल व्यवसायी महासंघ नेपालका उपाध्यक्ष मणिन्द्र कटुवालले बताए ।

होटल व्यवसायी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष राजन दंगालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो ।

277398636_500558751795527_5548609222370822675_n

तालिममा प्रदेश नम्बर १ का विभिन्न जिल्लाका ३० जना साना होटल तथा लज सञ्चालकहरुको सहभागिता रहेको छ । तालिममा होटल तथा लज सञ्चालन गर्दा व्यवसायीहरुले अपनाउनु पर्ने विधि पाहँुनालाई गनुपर्ने सत्कार लगायतका विषयमा विज्ञहरु प्रेम लिम्वु , अनिमेश बास्तोला र गगनमान श्रेष्ठले सहजिकरण गरेका छन् । तालिम भोली शुक्रबार सम्म चल्ने होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।

पराजुलीको संयोजकत्वमा सुरु भएको तालिमको उद्घाटन सत्रमा आन्तरिक पर्यटन पुनरोत्थान समिति प्रदेश नम्बर १ का संयोजक भबिष श्रेष्ठ , होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मणिन्द्र बहादुर कटुवाल होटल व्यवसायी महासंघ प्रदेश नम्बर १ का महासचिव बासुदेव वराल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।