विराटनगरः विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको राजविराज नगर पालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा बिहिबार सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र विरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो । यस अघि आज खेलेका चारै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।

पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ । राजविराज समुह ए को विजेता भएको छ ।
टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८१ रनको झिनो स्कोर खडा गरेको थियो । राजविराजकालागि म्यान अफ द म्याच विकाश दासले १४ बलमा २ छक्का र १ चौका प्रहार गरि २३ रनबनाउँदा अमित यादवले १४ रन र अभिशेक कार्कीले १३ रन बनाए । जनकपुरका हरिशंकर साहले ३ विकेट लिँदा साइमन राँयले २ विकेट लिए ।

८२ रनको झिनो रनको लक्ष पाएको जनकपुरले पुरै ओभर खेल्दै ७ विकेट गुमाई ७५ रनमा सिमित भयो । जनकपुरकालागि अकबर अलिले ३९ रन जोड्दा हिमाञ्सु दत्तले १३ रन जोडे । राजविराजका नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले ४ ओभरमा १३ रन दिएर २ विकेट लिँदा विश्वधारी बलर महबुव आलम, अनिल यादव र रोहित सिंहले १–१ विकेट लिए ।

दोस्रो खेलमा विरगञ्जले विराटनगरलाई ५ विकेटले पराजित गरेको छ । जित पछि विरगञ्ज समुह वि को विजेताको रपमा सेमिफानलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान सिद्धान्त लोहनीको आक्रमक ब्याटिङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रनको विशाल स्कोर खडा गरेको थियोे । विराटनगरकालागि लोहनीले २८ बलमा २ छक्का र ४ चौका प्रहार ४५ रन बनाउँदा दिपक पासवानले २८ रन बनाए । विरगञ्जकाकागि इमरान शेखले ३ विकेट लिँदा भुलवान सहनीले २ विकेट लिए ।

IMG_8995

१ सय ४५ रनको विशाल लक्ष पाएको विरगञ्जले १७ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । विरगञ्जकालागि म्यान अफ म्याच तिर्थराज दासले ४० बलमा २ टक्का र ४ चौका प्रहार गर्दै ५२ रनको ठोस इनिङ खेले । त्यस्तै सोनु अन्सारीले ३६ रनबनाए । विराटनगरमा मुकुन्द यादवले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा मेहबुबबाबु इराकीले १ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।
६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ । शुक्रबारको पहिलो सेमिफाइनल विराटनगर र राजविराज तथा दोस्रो सेमिफाइनल खेल जनकपुर र विरगञ्जविच हुने आजोजकले जनाएको छ ।