इटहरीः खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा होटल व्यवसाय गर्दै गरेका जेपी राई बिहिबार इटहरीमा भेटिए । केहि बर्ष अघिदेखि दित्तेलमा रुपाकोट होटल एण्ड गेष्ट हाउस संचालन गरिरहेका राई इटहरीको होटल इन्टुरिष्ट प्यालेसमा आफुसँग बस्न आउने पाहुँनालाई कसरी स्वागत सत्कार गर्ने र कसरी पाहुँनाको बसाईलाई आरामदायी र लामो गराउन सकिन्छ भनेर आयोजना भएको तालिममा भाग लिन आएका थिए । संयोग जुराइदिएको थियो पर्यटन बोर्ड, नेपाल होटल व्यवसायी महासंघ र होटल व्यवसायी संघ प्रदेश एकले । आफैँ पनि होटल व्यवसायी संघ खोटाङ्गको अध्यक्ष रहेका राई कोरोनाका कारण होटल व्यवसायीहरु आर्थिक संकटमा गुज्रिरहनु परेको बताए ।

कोरोनाको महामारीका कारण होटल ठप्प भएका होटल व्यवसायीहरु अव भने बल्ल ५० प्रतिशतको हाराहारीमा व्यपार गर्न थालेको जेपी राईको भनाई छ । तालिम समग्रमा राम्रो भएता पनि त्यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्नेमा फरक पर्ने यी होटल व्यवसायीको भनाई छ ।

त्यसो त आफैँ दुर्गम भनेर चिनिएको भएता पनि दित्तेलमा होटल व्यवसाय थपिने क्रम जारी नै छ । पहिला आरसीसी गरिएको भवनहरुमा होटल नभेटिने दित्तेल बजारमा अहिले भने झण्डै दर्जनको हाराहारीमा होटलहरु पक्कि भवनमै सन्चालन भइरहेका छन् । धार्मिक पर्यटनको समेत बलियो सम्भावना रहेकाले खोटाङ्गको हलेसीमा भने ४ तारे सहित दर्जन भन्दा बढि होटलहरु सञ्चालनमा रहेको राईले बताए । बुद्ध धर्मावलम्बि र हिन्दु धर्मावलम्बि दुवै धार्मिक पर्यटनले तानेको हुनाले हलेसीमा होटल व्यवसाय बढ्दै गएको राईको भनाई थियो ।

277854285_690067452136111_8539105544186285929_n

यता इटहरी उपमहानगरकै वडा नम्बर ६ नेशनल गल्लिमा न्यु विशाल होटल एण्ड गेष्ट हाउस सन्चालन गरिरहेका विशाल प्रद्यान निकै प्रफुल्लित मुद्रामा तालिममा सहभागी भए । तालिमले नयाँ कुरा सिकाएको जुन होटल व्यवसायीको लागि एकदमै आवश्यक रहेको प्रद्यानको बुझाई थियो । कोरोना पछि होटल व्यावसायी केहि पिकअप लिने अवस्थामा रहेको विशाल बताउँछन् । लोकल पर्यटनका लागि इटहरी उपमहानगरले सहयोग नगरेको प्रद्यानको गुनासो थियो । आन्तरिक पर्यटकहरु बढ्नै गएको अवस्थामा पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा भएको तालिमले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने प्रद्यानको भनाई छ ।

तालिमकै सिलसिलामा धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारबाट इटहरी आएका होटल व्यवसायी रमेश श्रेष्ठ तालिमले पर्यटकलाई कसरी कजाएर राख्ने भन्ने कुरा सिकाएको बताए । श्रेष्ठले एक दशक भन्दा बढि समयदेखि भेडेटारमा अरुण टप होटल सञ्चालन गरिरहेका छन् ।

पर्यटन प्रवद्धनका साथै आफुसँग बस्न आएका पाहँुनालाई कसरी खुसी पार्ने र कसरी पुन आफ्नै होटलमा बस्ने आउने वातावरण सिर्जना गर्ने भन्ने हेतुले तालिमको आयोजना गरिएको कार्यक्रमका संयोजक समेत रहेका इटहरीका होटल व्यवसायी तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
विगतका बर्षमा कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुन उचाईमा लैजान पुनताजकी दिनका लागि तालिमले महत्वपुर्ण भुमिका खेल्ने होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष मणिन्द्र कटवालको भनाई छ