इटहरीः सुनसरीको इटहरीमा शुक्रबारबाट दुई दिने इटहरी कला उत्सव २०७८ शुरु भएको छ ।

इटहरी भाषा, साहित्य कला सृजना परिषदको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थी तथा सुनसरीका कलाकर्मीहरुका रचनात्मक मुर्ती तथा हस्तकलाका सामाग्रीहरुरुसमेत प्रदर्शनीमा राखिएको छ ।

केहि समय अगाडीमात्रै इटहरीमा गठन भएको भाषा,साहित्य ,कला सृजना परिषदका संयोजक कृष्ण विनोद लम्सालको सभापतित्वमा भएको कार्यक्रममा शुक्रबार भाषा तथा साहित्यको चिन्तन गर्ने अग्रज व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

277886645_1055859074966141_2713042238678311656_n

विशेषत शुक्रबारलाई गजल मुशायरामा केन्द्रित गरिएको थियो भने शनिवारको कार्यक्रममा कविता, गीत संगीत सँगै वृतचित्र प्रदर्शनी गर्ने र विभिन्न विद्यामा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको परिषद्की टिका आत्रेयले जानकारी दिइन् ।

शुक्रबारको कार्यक्रमको प्रमुख आतिथ्यता प्राज्ञ टंक प्रसाद न्यौपानेले गरेका थिए भने कुन्ता शर्मा, बम देवान, श्रीप्रसाद पोखरेल, लेखनाथ घिमिरे जस्ता अग्रज साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको समेत उपस्थिती रहेको कार्यक्रममा बिक्रम श्री, अभिषेक तिम्सेना, अषेश तिम्सिना, शशी पौडेल, किसन चौलागाई, कुमार चौलागाई, श्याम पण्डित,बिन्दु चौधरी, जीवन कुमारी चौधरीका मुर्ती तथा चित्रहरु प्रदर्शनीमा सहभागी गराइएको थियो । सिटी मन्टेश्वरी, एनडिभिएम विद्यालय, इटहरी मोडल, एसओएस बालग्राम, मकालु बोर्डिङ्ग स्कुल , सेफर्ड एकेडेमी र लिटल फ्लावर बोर्डिङ्ग स्कुलको चित्रकलाहरु प्रदर्शनीमा सहभागी गराइएको छ ।

277887745_354506886621619_4682890069569737977_n 277687439_1020786818538652_6653478639085564316_n