इटहरीः कराँतेका पुर्व खेलाडी इटहरीका रितेश श्रेष्ठ प्रदेश एक सरकारको खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

खेलकुद क्षेत्रमा ३० बर्ष भन्दा लामो इतिहास बोकेका श्रेष्ठलाई प्रदेश एक सरकारले यसै हप्ता खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त गरेको हो । बोर्डको अध्यक्षता सामाजिक विकास मन्त्री राजन राईले गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समर्थित अखिल नेपाल खेलकुद महासंघको प्रदेश एक अध्यक्ष समेत रहेका श्रेष्ठ सोही महासंघको केन्द्रिय सचिव हुन् ।
कराँतेबाट क्षेत्रिय प्रतियोगिता समेतमा भाग लिएका श्रेष्ठ पहिला पुर्वाञ्चल खेलकुद परिषदमा समेत सहभागि भएका थिए ।

277359761_5155357131180945_1459361236985956879_n

इटहरीको खेलकुदका साथै इटहरी रंगशालाको आवश्यकताका विषयमा लडिएको लडाँईको साक्षी श्रेष्ठ इटहरी रंगशाला निर्माणका बखत पुर्ने र प्याराफिट बनाउने काम रितेशकै अध्यक्षामा सम्पन्न भएको थियो ।

आफु खेलकुद विकास बोर्डको सदस्य भइसकेपछि प्रदेशको रंगशालाको स्तर उकास्नुका साथै खेलाडीको हकहितको लागि विशेष ध्यान दिएर का मगर्ने श्रेष्ठले प्रदेश पोर्टलसँग बताए ।“ प्रदेश एकको खेलकुदलाई व्यवसायीक बनाउने योजना छ । साथै इटहरी रंगशालामा अपुरा रहेका निर्माणको काममा समेत विशेष योजना बनाएर काम गर्छु ।” श्रेष्ठले भने । आफु इटहरीकै प्रतिनिधित्व गर्ने भएको र आफ्नो योगदान समेत रहेकाले इटहरी रंगशालामा उच्चस्तरीय प्याराफिटमा दर्शकले फुटवलको मज्जा लिँदै गर्दा आफुलाई पनि गौरव महशुस भएको श्रेष्ठले बताए ।