इटहरीः १२ औ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि मोरङ्गको विराटचोकमा जन्मेको सगरमाथा युवा क्लवले जितेको छ ।नेपालकै राम्रो त्रिभुवन आर्मी फुटवल क्लवलाई हराँउदै शनिवार भएको फाइनल खेलमा सगरमाथाले विजय हासिल गरेको हो ।
खेल अवधिभरको ९० मिनेटसम्म दुवै समुहबाट एक गोल पनि हुन नसकेपछि प्यानेल्टि सटमा सगरमाथाले आर्मीलाई हराएको हो । प्यानेल्टि सटमा नेपाल आर्मीका तर्फबाट जर्सी नम्बर २ का गौतम श्रेष्ठ र जर्सी नम्बर १४ का सन्तोष तामाङ्गले गोल गर्न नसक्नुनै सगरमाथाको लागि जित सावित भयो । दुवै तर्फका खेलाडीलाई पाँच पाँचका दरले दिइएको प्यानेल्टि सटमा आर्मीले ३ गोलमात्र गर्न सफल भयो भने सगरमाथाले ४ गोल गरेर इटहरी गोल्डकपको १२ औँ सस्करण आफ्नो पोल्टामा पार्न सफल भयो ।
त्रिभुवन आर्मी फुटवल क्लवका तर्फबाट विकास खवास, दिपक गुरुङ्ग र अर्का जर्सी नम्बर १२ का खेलाडीले गोल गरेका थिए भने सगरमाथाका क्याप्टेन असोश खबास, आशिस गुरुङ्ग, निलम राई र श्याम शर्माले गोल गरेका थिए भने गोलकिपर पिसोले गरेको प्यानेल्टि प्रहार आर्मीका गोलकिपर विश्वास चौधरीले रोकेका थिए ।
नेपाल आर्मीको त्रिभुवल आर्मी फुटवल क्लव इटहरी गोल्डकपमो डिफेन्डिङ्ग च्याम्पियन समेत हो ।डिफेन्डिङ्ग च्याम्पियनलाई सामान्यतया आफ्नो उपाधि जोगाउने दवाव त हुन्छ यद्यपि दवावका बाबजुत आर्मीले खेलमा राम्रो प्रदर्शन गर्न सकेको भएता पनि प्यानेस्टि सटमा पाएको अवसर गुमाउँदा उपविजेतामा सिमित हुनु परेको छ ।
शनिवारको फाइनल खेलको म्यान अफ द म्याच त्रिभुवल आर्मीका गोल रक्षक जर्सि नम्बर ४१ विश्वास चौधरी बने । चौधरीले नगद दश हजार प्राप्त गर । उता खेलको बिजेता बनेको खेलको बिजेता सगरमाथा युथ क्लबले नगद सात लाख र ट्रफी हात पा¥यो भने उपबिजेता हुने त्रिभुवन आर्मी क्लबले नगद तीन लाख ५० हजारमा चित्त बुझायो । बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पुरस्कार दिएका थिए ।
खेलको बेस्ट गोल्ड किप्पर सगरमाथा क्लवमा अफ्रिकन खेलाडी पिसो घोषित हुँदै नगद पन्ध्र हजार हात पारेका थिए भने बेस्ट डिफेन्डर त्रिभुवन आर्मीका विकास खवास घोषित भए , बेस्ट मिल्ड फिल्टर आर्मीकै सन्तोष तामाङ घोषित भए । बेस्ट फरवार्ड सगरमाथाका आशिष लामा घोषित भए । उता बेस्ट कोचको उपाधी सगरमाथाका युविन गुरुङ्गले पाएका थिए । बेष्ट घोषित हुनै सबै खेलाडीलाई नगद पन्ध्र हजारसहित ट्रफी हस्तान्तरण गरियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गर्न राखिएको यामाहाको फ्यासिनो स्कुटर त्रिभुवन आर्मीका टंक बस्नेतले हात पारे ।यस्तै, हाइस्कोरर गर्ने खेलाडी मनाङ–मस्र्याङ्दीका आफिज ओलावाले र सगरमाथाका आवास लामिछाने घोषित भए । उनीहरूलाई नगद दस–दस हजार प्रदान गरिएको थियो भने उदयीमान खेलाडी राष्ट्रिय जागृति क्लब इटहरीका मनिष भण्डारी घोषित हुँदै ४० इन्चको एलइडी प्राप्त गरे ।
चैत्र १९ गतेबाट सुरु भएको इटहरी गोल्डकपको मुख्य प्रयोजक कन्ट्रोल लुव्रिकेन्ट रहेको थियो भने इटहरीको राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा भएको खेलमा क्यामरोन र भारत सहित ८ समुहले सहभागिता जनाएका थिए ।