इटहरीः राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टलाई इटहरीको रंगशाला निर्माणमा महत्वपुर्ण योगदान गरेको भन्दै सम्मान गरिएको छ ।
इटहरीमा आयोजना भएको इटहरी गोल्डकपको फाइनल खेलको समापनका विच शनिवार भएको औपचारिक कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राई र राष्ट्रिय जागृती क्लवका अध्यक्ष बासु श्रेष्ठले विष्टलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मान ग्रहण गर्दै सम्मानित व्यत्तित्व केशव कुमार विष्टले आफुले जुट विकासको नाममा रहेको जग्गालाई खेलकुद विकास बोर्डको नाममा ल्याउन पहल गरेको सम्झना गर्दै जुटविकासको नाममा बाँकी रहेको साढे ८ बिघा जग्गा पनि रंगशालाको नाममा ल्याउन प्रदेश एकका सामाजिक विकास मन्त्री राजन राईलाई ध्यानकर्षण गराईसकेको र त्यसमा प्रदेश सरकार सकारात्मक रहेको बताए । रंगशालाको काम अझैँ निकै बाँकी रहेकोले त्यसमा ख्याल गरिदिन प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई विष्टले ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा मन्तव्यकै क्रममा अखिल नेपाल फुटवल एसोसियसन् एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले समेत राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुँदाका बखत केशव विष्टले गरेको उदाहरणीय कार्यको सम्मान गरेको बताए ।

278223357_750549542994760_2201646126914336008_n

आफ्नै शहरमा आयोजना भएको फाइनल खेल हेर्नका लागि उच्चस्तरको प्याराफिटमा फुटवलको मज्जा लिँदै गरेको इटहरीका नविन गुरुङ्ग इटहरीमा यत्तिको रँगशाला बन्नु र अन्तराष्ट्रिय प्याराफिटको निर्माण हुनु इटहरीका फुटवल प्रेमीका लागि खुसिको कुरा भएको बताए । उनले आफु फुटवलको पुरानो फ्यान भएकोले इटहरीको गोल्डकप अहिले सम्म नछुटाएको र यसपाला जस्तो मज्जा पहिले नआएको जिकिर गरे ।

उता धरानबाट इटहरी गोल्डकपको फाइनल खेल हेर्न आएका आशिष शर्मालाई शनिवारको खेल विदेशमा हेरेको अनुभुति भएको बताए । उनले प्याराफिटमा बसेर फुटवल हेर्नुको मज्जानै अर्को भएको प्रतिक्रिया दिए ।“ इटहरी रंगशाला जसले बनाउन पहल गर्नुभएको भएपनि राम्रो गर्नुभएको रहेछ अन्तराष्ट्रिय स्तरको प्याराफिटमा बसेर हेर्दा मज्जा आयो ।” शर्माको भनाई थियो ।

औपचारिक कार्यक्रमको प्रमुख आतिथीको आसनबाट बोल्दै प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले फुटवल आधिकारी र लोकप्रिय खेल भएका पनि त्यसको विकास नेपालमा राम्रो नभएको स्वीकार गर्दै आगामी दिनमा प्रदेश सरकारले त्यसका लागि बजेट छुटाउने बताएका थिए ।

278250850_750549559661425_8121147639906153354_n