इटहरीः नेपाल प्रहरीको अपराध अनुसन्धानमा दक्ष अफिसरको रुपमा चिनिने प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ्ग जिल्ला प्रहरी कार्यालय मोरङ्गबाट १३ महिना पछि प्रहरी प्रद्यान कार्यलयमा सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ्गमा अपराध अनुसन्धान शाखाको प्रमुख भएर काम गरेका प्रहरी नायव उपरीक्षक मुकारुङ्गले मोरङ्ग जिल्लामा भएका चर्चित घट्नाहरुको अनुसन्धानको नेतृत्व गरेका थिए । नेपालबाट अपराध गरेर भारतीय भुमीमा लुकीछिपी बस्ने, विभिन्न अपराधका घट्नामा संलग्न भएर फरार रहेकाहरुका बिरुद्ध पनि आक्रमक रुपमा मोरङ्ग प्रहरीले उनै मुकारुङ्गको नेतृत्वमा सफल अपरेसन चलाएको थियो ।

अपराध अनुसन्धान र प्रहरीको जनतासंगको प्रत्यक्ष सरोकार सम्बन्ध, शान्ति सुरक्षामा मोरङ्ग जिल्लामा उल्लेख्य काम गरि मोरङ्गबासीको मन जित्न सफल डिएसपी मुकारुङ्गको चर्चा अहिले पनि मोरङ्ग जिल्ला भरी नै चलेको पाईन्छ । प्रनाउ मुकारुङ्गको सरुवा भएसंगै जिल्ला प्रहरी कार्यालय मोरङ्गमा उनको स्थानमा डिएसपी राजन कार्की सरुवा भएर आएका छन् । मुकारुङ्ग सरुवा भएर गएपनि उनले मोरङ्गबासीलाई बिर्सनै नसक्ने बनाएर गएको उनका प्रशंसकहरु बताउँछन् ।

मुकारुङ्ग मोरङ्गमा रहँदा थुप्रै घटनाहरु भए, उनले आफ्नो कार्यकालमा भएका धेरै घटनाको सफल अनुसन्धान मात्रै गरेनन्, दोषीलाई कानुनको कठघरामा उभ्याउन समेत भ्याए ।
उनको कार्यकालमा भएका चर्चित घटनामा संलग्न कारबाहीको दायरामा आईसकेका छन् । मुकारुङ्गको कार्यकालमा भएका घटना मध्येकै चर्चित घटना हो, धनपालथानमा भएको उखुबारी हत्या काण्ड । मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा गत माघ १२ र १३ गते भेटिएका दुई वटा शवको सफल पहिचान गरी दोषीलाई काठमाण्डौबाट विराटनगरमा झिकाएर कानुनी कठघरामा ल्याउन समेत मुकारुङ्ग सफल भए ।

उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुईवटा शब सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाण्डौमा बस्दै आएका ३२ बर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ बर्षीय राजेन्द्रकुमार श्रेष्ठको थियो । खाल्डोबाट उत्खनन गरिएको र चाँडो गलाउन नुनसमेत हालेर गाडिएको अवस्थामा भेटिएको शवलाई पहिचाहन गरेर उनिहरुको हत्यमा संलग्न व्यवसायीक साझेदार सिराहाका अनिल कुमार मण्डललाई उनैको नेतृत्वले पक्राउ गरी कठघरामा उभ्यायो ।

प्रहरीले गरेको अनुसन्धानबाट राजेन्द्रको पुष ३ गते र शम्भुको पुष ७ गते हत्या भएको खुलेको थियो । मण्डलले त्यसअघि नै उनीहरुका व्यवसायिक साझेदार तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाण्डौ महानगरपालिका–८ गोठाटार बस्दै आएका ६३ बर्षीय मोहन लिम्बूको हत्या गरिसकेका थिए । लिम्बुको शव प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्डमा खाल्डो खनी सिमेन्ट प्लाष्टर गरेर गाडेको अवस्थामा माघ २० गते उत्खनन गरेको थियो ।

मंसिर २८गते हत्या गरेर करिव साढे ४ फिट गहिरो खाल्डोभित्र गाडिएको मोहनको शव उत्खनन गर्न प्रनाउ मुकारुङ आफै ललितपुर पुगेका थिए । मण्डलको योजनामा ९ दिनको अवधिमा ३ जना साझेदारको हत्या भएको थियो । अनिलसहित हत्यामा संलग्न मोरङको जहदा गाउँपालिका–४ का २९ बर्षीय अमित साह भनिने दिनानाथ सोनार, धनपालथान–७ का ६२ बर्षीय नासिर आलम, रंगेली नगरपालिका–३ का ३३ बर्षीय मोहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का १८ बर्षीय मोहमद हकिम पक्राउ परेका थिए ।

277965689_228599352799616_281175960978086049_n

त्यसैगरी प्रनाउ मुकारुङ्गकै नेतृत्वले विराटचोकस्थित सुनपसलको लुटपाट प्रयासको घटना को समेत सफल अनुसन्धान गरेको छ । गत श्रावणमा मोरङ्गको विराटचोकस्थित शिव पाञ्चायन ज्वेलर्समा आधुनिक हतियारसहित आएको लुटेरा समुहको लुटपाटको असफल प्रयासको घटनामा प्रनाउ मुकारुङको नेतृत्वमा सफल अनुसन्धान भएको थियो । घटनाको भएको १२औँ दिनमा प्रहरीको अनुसन्धान टोलीले अत्याधुनिक हतियार एसएमजी र अटोमेटिक पेस्तोलसहित सबैजना पक्राउ गर्न सफल भयो । घटनाको सफल अनुसन्धान गरेको भन्दै अनसुन्धान टोलीलाई सुन्दरहरैँचा नगरपालिकाले सम्मान समेत गर्न भ्यायो ।

त्यतिमात्र नभएर मोरङ्गकै जाँतेमा बलात्कार पछि हत्या गरेको अवस्थामा भेटिएकी ११ बर्षीया बालिकाको हत्यारा पत्ता लगाउने कार्य पनि निकै चुनौतिपुर्ण थियो ।
विद्यालयबाट फकिँदे गरेकी बालिकालाई लेटाङ्ग स्थित ज्यामिरेमा गत फागुनमा बलात्कार पछि हत्या गरिएको थियो । उत्त घटनामा संलग्न लेटाङ–८का ६४बर्षीय दीपक गिरीलाई मुकारुम नेतृत्व प्रहरी टोलीले घटनाको भोलिपल्टै पक्राउ गरेको थियो । त्यतिमात्रै नभएर मोरङ्गकै सुन्दर हरैँचामा १८महिने बालिकाको बलात्कारपछि हत्या प्रकरणलाई समेत उनले सफल अनुसन्धान गरी बलात्कारीलाई कानुनी कठघरामा ल्याएका थिए ।

गत फागुन २७ गते मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरमा १८ महिने बालिका करिश्मा मण्डलको बलात्कारपछि हत्या भयो । घटनामा संलग्न सुन्दरहरैंचा–७ ठडियाका २८ बर्षीय मिथुन चौधरी र उनका सहोदर भाई २५ बर्षीय अजय चौधरीलाई २४ घण्टा नबित्दै मुकारुङ नेतृत्वकै अनुसन्धान टोलीले पक्राउ गरेको थियो ।

जनताको प्रत्येक्ष सरोकारको विषयमा पर्ने शान्ति सुरक्षामा बिभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधीलाई कानुनको कठघरामा ल्याउन सफल प्रहरी अधिकृत मोरङ्ग छाडेर काठमाण्डौ प्रस्थान गरेका हुन् । उनको ठाउँमा आएका प्रहरी अधिकृत राजन कार्कीबाट मोरङ्गका जनताको सोही अपेक्षा छ ।