इटहरीः इन्खा एकीकृत अस्पताल इटहरी ४ सुनसरीको आयोजना र इटहरी आँखा अस्पतालको प्रविधिका सहयोग एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
इटहरी १० को प्रेरणा आवासीय माबिमा भएको एक दिवसीय उक्त स्वास्थ्य शिबिर मा ५१२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

सिबिरमा भिडियो एक्सरे , फिजिसियन सेवा , होमियोप्याथिक सेवा , फिजियो थेरापी , प्रयोगशाला सेवा , बाल रोग विशेषज्ञ सेवा तथा आँखा रोग विशेषज्ञद्वारा बिरामीहरुको परिक्षण तथा निशुल्क औषधी समेत वितरण गरीएको थियो ।

278085075_671324477412455_3340136814622646202_n

पूर्व राखेप सदस्य सचिब केशब कुमार बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन प्राचार्य अर्जुन उप्रेतीले गरेका थिए । कार्यक्रमको विशिष्ठ अतिथि नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी थिए ।

चिकित्सक टोलीमा डाक्टर फरेंद्र शाह ,डा . शिव नारायण शर्मा , डा. नबिन मगर , डा.एस के यादब लगायतको सहभागिता थियो । कार्यक्रम इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

278164965_7204676299606599_7604642020729362935_n