इटहरीः बुधबार रामधुनीको झुम्कामा एउटा औपचारिक कार्यक्रम भयो । सामान्यतया औपचारिक कार्यक्रमहरुमा दिक्क लाग्नेगरी भाषण गरिन्छन्, तर बुधबारको कार्यक्रम त्यस्तो भाषण गर्ने थिएन् ।

रामधुनी ५ मा स्थापना भएको आरम्भ विद्या मन्दिरले आफ्नो अभिभावक दिवसको अबसर पारेर आयोजना गरेको कार्यक्रम थियो र थिए त तिनै आरम्भका विद्यार्थी र अभिभावक अनि त्यहि कार्यक्रमलाई सफल पार्न अहोरात्र खटिरहेका शिक्षक र कर्मचारीहरु ।

खचाखच भरिएको हलको सबैभन्दा अगाडी रहेको स्टेजमा आएर कान्छा उद्घोषकले सोधे आरामै हुनुहुन्छ दिक्क त लागेको छैन नी ? यति सोध्दै गर्दा दर्शकदिर्घाबाट लागेको छैन भन्दै पररर ताली बजिरहयो । नयाँ बर्ष २०७९ ले छपक्क छोप्नै लाग्दा आयोजना गरिएको अभिभावक दिवसमा विद्यालयले आफ्ना विद्यार्थीलाई नै कार्यक्रम सञ्चालनको जिम्मा दिएको थियो । सुवासना पौडेल, सविया रेग्मी, रिकेश न्यौपाने, प्रनिश अधिकारी, सन्देश थापा र अविनास पोखरेल गरी ६ जनाको उद्घोषक समुहले पालैपालो आफ्नो परिचय दिँदै कार्यक्रमलाई दर्शकमाझ जोडिरहे ।

278399799_3110183129221328_5511497686999476588_n

विद्यालयमा विद्यार्थीहरु पढ्न मात्रै जाँदैनन् विद्यालय त उनिहरुको पाठशाला हो त्यहाँ उनिहरु आफ्नो क्षमताले भ्याएको सिप सिक्न सक्छन् कोहि नाच्न सक्छन् कोहि गाउन सक्छन् अनि कोहि कविता कथा र कोहि नाटकमा समेत अभिनय गर्न सक्छन् भन्ने सन्देश दिन दिनभर बिद्यार्थीले आफ्नै अभिभावकको अगाडी आफ्नो बिभिन्न प्रस्तुती देखाइरहे र तालिका स्वागत र सम्मान पनि उत्तिकै पाए ।

278111503_268600438822590_4218427805789343152_n

कार्यक्रममा प्रमुख अतिथी भनेर बोलाइएको रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी देखिएनन् । उपस्थित भएका विशेष अतिथी थिए राजन गेलाल जो रामधुनी नगरपालिकाको शिक्षा शाखाका प्रमुख हुन् । कार्यक्रममा मन्तव्य राख्दै गेलालले नगरशिक्षा शाखाले विद्यालयहरुले शिक्षाको गुणस्तर कस्तो बनाउँदैछन् भनेर नजिकबाट नियाली रहेको र आरम्भको प्रगती राम्रो भएको बताए । आगामी बर्षबाट कक्षा ८ सम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको आरम्भलाई आफुहरुले अनुमति दिने घोषणा गेलालले सार्वजनिक कार्यक्रमबाटै गरे ।

कार्यक्रममा अतिथीको रुपमा उपस्थित भएका रामधुनी नगर प्याव्सनका अध्यक्ष अच्युत ढकालले पढाईमात्रै नभएर अतिरित्त क्रियाकलापमा समेत उत्तिकै अग्रसर बनाउनु पर्ने र आरम्भका विद्यार्थीले देखाएको अतिरित्त क्रियाकलापको प्रस्तुती एकदमै राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । आफ्ना नानिबाबुहरुले कस्तो सिकाई हासिल गरिहेका छन् भनेर अभिभावकहरुले बेला बेलामा बिद्यालयमा गएर नियालिदिन ढकालले अभिभाबकहरुलाई आग्रह समेत गरे ।

278182460_724799632207170_6177095196076051143_n

अभिभावक दिवस भनेर आयोजना गरिएको कार्यक्रममा एलकेजी देखि कक्षा ७ सम्मका विद्यार्थीहरुले बिभिन्न गीत, नृत्य, कविताका साथमा देशको मुद्धा शिर्षकको नाटक प्रस्तुत गरे । कलालय इटहरीको संयोजनमा गरिएको नाटकले निकै राम्रो सन्देश दिएको थियो ।

आरम्भ बिद्या मन्दिरका एकेडेमिक डाइरेक्टर हरि रायमाझीले सहजिकरण गरेको कार्यक्रम सोही बिद्यालयका प्रिन्सिपल बिमल बरालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कक्षा ६ कि छात्रा सेरील चौधरीले गरेकी थिइन् । विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रमहरुको आयोजना गरी नाटकसँग अभिभावकलाई जोड्ने उद्घोषक सहजकर्ता समेत देखिएका हरि रायमाझीले बताए ।

278127637_494214375522857_3347596875815039672_n