इटहरीः बुधबार दुहवीमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।

बुधबार दिउँसो दुहबी ८ फुटानी चोकस्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १ क ८८१७ नम्बरको मिनी ट्रकले सोही दिशाबाट आउँदै गरेको को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज (बिहीबार) बिहान करीब ४ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल प्रहरी सहायक निरीक्षक (असई) सनम राजबंशीले चलाएका थिए । एरिया क्लियर गर्दै चलाएको मोटरसाइकललाई ठक्कर दिँदा राजबंशी घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक र चालक विराटनगर बस्ने ३२ वर्षीय सुजन थापा भन्ने खुल्न आएको तर ट्रक चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।