इटहरीः इटहरीको प्रिमियर होटल स्कुलले बीबीसी मास्टर शेफका विजेता नेपालीका शान सन्तोष शाह सहितका निर्णायकहरुले निर्णायक भुमिका निर्वाह गरेको प्रोफेशनल शेफ प्रतियोगितामा दोश्रो स्थान हासिल गरेको छ ।

प्रदेश २ को राजधानी जनकपुरमा आयोजना भएको ‘मिथिला कुजिन एण्ड रेसिपीज’ शिर्षकमा आयोजित पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगितामा इटहरीको प्रिमियर होटल स्कुलले दोश्रो स्थान हासिल गर्दै पुरस्कार प्राप्त गरेको हो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले शनिवार आयोजना प्रतियोगितामा पूर्वी नेपालमा अवस्थित पाटा नेपाल च्याप्टरका सदस्य कलेजहरू धरान इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट, एलायन्स फर इनोभेसन म्यानेजमेन्ट एन्ड सोसल स्टडीज, सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट साथै इटहरीको प्रिमियर होटल स्कुल, प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट र आदर्श स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत २१ जना होटेल म्यानेजमेन्टका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

278509193_10228148413358190_3868691043959381892_n

प्रतियोगिताको निर्णायक मण्डलको भूमिकामा रहेका बीबीसी मास्टर शेफहरु सन्तोष शाह साथै विदेशी नागरिकहरु, एलेक्स वेब, बार्ट भान डर ली र फिलिपा आर्मिटेजसमक्ष मौलिक मिथिला खानाहरू तयार पारे पारेर आफ्नो प्रस्तुती दिएका थिए । प्रतियोगितामा विद्यार्थीहरुले मिथिलाको १५६ परिकारहरु बनाएर निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा निर्णायकको भुमिकामा रहेका मास्टर शेफहरुले विद्यार्थीहरूले प्रदर्शन गरेको पाककला, मिथिलाखाना र प्रस्तुतीकरण सीपहरूको मूल्याङ्कन गर्दै प्रशंसा समेत गरेका थिए । प्रतियोगिताबाट प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टबाट समीक्षा कार्की, विशाल फुयाँल र हिमानी धिमाल पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको विजेता घोषित भए भने इटहरीको प्रिमियर होटल स्कूलका राहुल धमला, सन्देश चौलागाईं, सुमी गुर्मचन मगर र लक्ष्मी मगरको टोली प्रथम उपबिजेता घोषित भएका थिए ।

278485460_10228148412238162_5636957819187037763_n

प्रतियोगितामा सनसाइन स्कूलअफ टुरिज्म एण्ड होटल म्यानेजमेन्टबाट अस्मिता शेर्पा, राजिन प्रधान र सागर लामाको टोली प्रतियोगिताको तेस्रो भएका थिए ।पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मास्टर शेफ सन्तोष शाहले विद्यार्थीहरूले देखाएको जोश, तयारी र नवीन सोचबाट आफू प्रभावित भएको बताएका थिए । उनले पर्यटन तथा आतिथ्यता उद्योगको भावी शेफ बन्न चाहने सहभागी विद्यार्थीहरूलाई आफ्नै संघर्ष र सफलताको कथामार्फत प्रेरित समेत गरे ।

कार्यक्रमको समापन गर्दै पाटा नेपाल च्याप्टरका कार्यकारी समिति सदस्य सुनिल भुसालले कार्यक्रमलाई सफल बनाउन जनकपुरधामका सबै सहभागी कलेज, प्रायोजक तथा स्थानीय आयोजकलाई सक्रिय सहभागिता र सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।

278530489_945891882746992_4190646025566960934_n 278218743_1196271007576986_6240299891494395158_n 278081362_1678522959153595_8313834145339308913_n 278464946_10228148412398166_8711580566174495683_n 1