काठमाडौँः रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त भएका छन् ।

कोषले उनलाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो । रुपन्देहीको बुटबल उपमहानगरपालिका ११ कालिकानगर निवासी उहाँ तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष छन् । गुरुङ रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध छन् ।

सामाजिक सेवामा रुचि राख्नु हुने गुरुङले नियमित रुपमा असहायहरुका लागि सहयोग समेत गर्दै आएका छन् ।सल्लाहकार नियुक्ती भएपछि उनीसँगको कुराकानीमा गुरुङले आफ्नो क्षेत्रको विकासका लागि थप क्रियाशिल भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले नेपाल वुद्ध जन्मेको देश हो भनेर विश्वमा चिनिएको यस ठाउँलाई अझै थप प्रचारप्रसारमा योगदान पुर्याउनुका साथै कोषलाई आवश्यक सरसल्लाह दिनमा कुनै कञ्जुस्याई नहुने बताए ।

1650023418439