इटहरीः इटहरीमा सञ्चालन भइरहेको सबैभन्दा पुरानो नीजि लगानीको अस्पताल सामुदायिक अस्पतालले इटहरीका बिरामीलाई आपतकालिन उपचारमा टाढा जानु नपरोस् भन्ने हेतुले हाडजोर्नी, नशा र प्रसुती सेवाका लागि विशेषज्ञ सहितको सेवा थप गरेको छ ।

सहकारीको माध्यमबाट सञ्चालन भएको इटहरीको पुरानो अस्पताल सामुदायिक अस्पतालले लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

२ महिना अघिबाट अस्पतालले काठमाण्डौको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिसकेका डाक्टरहरुबाट सेवा सञ्चालन गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

२०५६ सालमा इटहरी तथा आसपासका क्षेत्रका बिरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै २५जनाको अग्रसरतामा स्थापना भएको सामुदायिक अस्पताल स्थापना गरेर सेवा दिदै आएकोमा हाल आफ्नै भवन र विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलव्ध भएको अस्पतालका अध्यक्ष टंक दुलालले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

217741635_1906035379579431_5598967638418196224_n

अध्यक्ष दुलालले १५वेड सञ्चालनमा रहेको अस्पताल चाँडै नै २५ वेडको सञ्चालनमा ल्याउन लागिएको समेत वताए । अस्पतालमा आधुनिक ल्याव सञ्चालनमा रहेको साथै विरामीलाई अत्यन्तै शान्त र ध्वनीरहित वातावरणमा सेवा प्रदान गरिदै आएको अस्पतालका मेडिकल सुपरिटेन्ड डा.डिल्ली रिजालले बताए ।

अस्पताललाई व्यवस्थित बनाउने क्रममा तराईको गर्मीलाई मध्यनजर गर्दै एसियुक्त वाडहरुको समेत व्यवस्था गरिएको बताउँदै डाक्टर रिजालले प्रसुतीको अप्रेसन र हाडजोर्नीका शल्यक्रियाहरु अव सामुदायिकले आफँै गर्ने भएकाले अन्यन्त्र जानुपर्ने अवस्था नआउने बताए ।

प्रदेश पोर्टलसँगको कुराकानीमा बोल्दै डाक्टर रिजालले आपतकालिन विरामी हेर्नका लागि एक जना डाक्टरलाई इमेरजेन्सिमै कोठा उपलव्ध गराइएको र उत्त डाक्टरले त्यही बसेर २४ घण्टै सेवा दिने बताए ।

अस्पतालमा हाल २४सै घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पुर्ण रोग सम्वन्धी सेवा डा.डिल्लीराज रिजाल तथा डा.वुद्धिबहादुर गुरुङ्गबाट हाडजोर्नी तथा नशारोग सम्वन्धी २४ घण्टे सेवा ,बालरोग सम्वन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्वन्धी आकस्मिक तथा परामर्ष सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्वन्धी सेवाहरु सञ्चालनमा रहेको अस्पतालले बताएको छ । बिगत २२ बर्षदेखि इटहरीमा स्वास्थ्य सेवा दिइरहेको सामुदायिक अस्पताल सहकारीबाट संचालन भई स्वास्थ्य सेवा दिइरहेको संस्था हो ।