इटहरीः जग्गा विवादमा आफ्नै छिमेकीलाई चिर्पटले हानेर हत्या गरेको अभियोगमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका ६ जुलबी चोकका ३५ वर्षीय मणिकुमार तामाङलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार मणिकुमारले कुटपिट गरेर स्थानीय ४० वर्षीय मानबहादुर तामाङलाई गम्भिर घाइते बनाएका थिए ।

जग्गाको विषयमा आफ्ना बुवा ६४ वर्षीय देवीप्रसाद तामाङसँग झगडा गरेको भन्दै मणिकुमारले चिर्पट दाउराले टाउकोमा हानेर मानबहादुरलाई घाइते बनाएको प्रहरीको भनाई छ ।
मानबहादुरलाई गत चैत ३० गते राति ९ बजेतिर कुटपिट गरेको र उपचारको क्रममा मानबहादुरको विराटनगरको न्यूरो अस्पतालमा शुक्रबार मृत्यु भएको हो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ ।

मणिकुमारलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।