इटहरीः महिला अधिकारका सवालमा अग्रणी भुमिका निर्वाह गरिरहेको सुनसरीको महिला आधारशिलाले इटहरीमा आधारभुत व्युटिसियन तालिमको आयोजना गरेको छ ।

निम्न वर्गका साथै कमजोर आयआर्जन भएका महिलाहरुलाई सिपमुलक तालिमको आयोजना गर्ने आफ्नो उदे्श्यअनुरुप आफ्नै पहलमा तालिमको आयोजना गरिएको महिला आधारशिला सुनसरीकी शुसिला उप्रेतीले बताइन् ।

संविधानसभा सदस्य अनिता परियारको प्रमुख आतिथ्यमा भएको उदुघाटन कार्यक्रममा शनिबारबाट १६ जना महिलाले सिप सिक्न थालेका छन् । तालिम उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ कि महिला सदस्य लक्ष्मी चापागाई, वडा नम्बर ३ कि महिला सदस्य निर्मला विक लगायतका अतिथीहरुको उपस्थिती थियो ।

278291514_1128203348027957_238737607356853904_n

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अनिता परियारले व्यक्तिको सुन्दरता बाहिरी र भित्री दुवै रुपमा मुल्याँकन हुने भएकाले व्युटिसियन तालिमको आयोजना गरेर महिला आधारशिलाले महिलाहरलाई सुन्दरता सम्बन्धि राम्रो ज्ञान प्रदान गर्न लागेकोमा खुसी व्यक्त गरेकी थिइन् ।

तालिममा सहभागिहरुलाई शुभकामना व्यक्त गर्दै इटहरी वडा नम्बर ४ कि जनप्रतिनिधि लक्ष्मी चापागाईले महिला आधारशिलाले लामो समयदेखि महिला अधिकारको विषयमा आवाज उठाएको र देशकै ठुला राजनितिक, आर्थिक मुद्धालाई समेत समेटेको भन्दै प्रशंसा गरेकी थिइन् । वडा नम्बर ३ कि महिला सदस्य निर्मला बिष्टले उपमहानगरले गर्न नसकेका कामहरु समेत महिला आधारशिलाले गरेको बताइन् ।

278579021_1416952168764392_7009086919856656508_n

सोही कार्यक्रमको अवसर पारेर महिला आधारशिला सुनसरीले इटहरी ९ कि एकल महिला तथा मनमोहन स्कुलको विद्यालय व्यवस्थापन समेत हेरिरहेकी शारदा श्रेष्ठलाई सम्मान गरेको छ ।

महिला आधारशिला सुनसरीकी कार्यसमिति सदस्य राधिका लिम्बुले स्वागत गरेको कार्यक्रममा व्युटिसियन तालिमकी संयोजक दिलकुमारी छलङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । सुशिला उप्रेतीले संचालन गरेको कार्यक्रममा सभापति र संस्थाकी कोषाध्यक्ष प्रतिमा खरेलले अतिथीहरुलाई मायाको चिनो वितरण गरेका थिए ।

278583115_1553498965047193_6746759420004900103_n 278017286_2288760901281973_1463839770541599086_n