काठमाण्डौः नेकपा एमालेसँग विद्रोह गरेको नेकपा एकिकृत समाजवादी पार्टीले इटहरी सहित तीन उपमहानगरपालिका र पोखरा महानगरपालिको मेयर आफुले पाउनु पर्ने दावी गठबन्धनमा गरेको छ ।

चुनावी तालमेलका विषयमा छलफल गर्न बसेको बैठकमा सहभागी एकिकृत समाजवादीका महासचिव बेदुराम भुषाल र बिजय पौडेलले नेकपा एमालेले अघिल्लो निर्वाचनमा जितेका पालिकामा आफ्नो दावी प्रस्तुत गर्दै आएको बताए ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा नेताहरुले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् भने उपमहानगरमा इटहरी, हेटौँडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरका नेतृत्व आफुहरुले पाउनु पर्ने दावी गरको छन् । त्यसैगरी नेकपा एसले घोराही, जनकपुर र नेपालगञ्जमा उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने दावी गरेको छ ।

बैठकमा संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वभाविक दाबी गर्न नहुने बताएका थिए भने एकिकृत समाजवादीका नेताहरले भने आफुहरुको विद्रोहलाई बुझ्न आग्रह गरेका थिए ।