इटहरीः इटहरीमा एउटै कक्षामा अध्ययनरत दुई बालक बेपत्ता भएका छन् । इटहरी २ देवीथान घर भएका र महेन्द्र माविको कक्षा ४ मा अध्ययनरत १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लकी बिक्रम साह चैत्र २९ गतेदेखि बेपत्ता भएका हुन् ।

विद्यालयमा परीक्षा सकेर घर हिडेपनि दुवैजना अहिलेसम्म घर नआएको बेपत्ता रञ्जित निरौलाको आमा रचना निरौलाले जानकारी दिइन् । छिमेकी दुवै परिवारले ३० गते इलाका प्रहरी कार्यालय इटहरीमा खोज तलासको लागि निवेदन दिएका थिए । तर दुवै बालक अहिलेसम्म फेला पर्न नसकेको निरौलाको दुखेसो छ ।

278661187_406707991280477_6472463605888089500_n

अहिले विद्यालय प्रशासन, आफन्त र प्रहरीले बालकको खोजी कार्य गरिरहेको छ । आफन्तहरूले बालकको खोजी गरिदिन सबै निकायसँग माग गरेका छन् । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ यो नम्बरमा वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आफन्तहरूले आग्रह गरेका छन् ।

यता इटहरीका डीएसपी खगेन्द्र खड्काका अनुसार २९ गते ३ जना बालक एकै पटक हराएको र साँझ एक जना भने परिवारको सम्पर्कमा आएपनि दुईजना अझै फेला पर्न नसकेको बताए । ‘आफन्तहरूले खोज तलासको लागि निवेदन दिनुभएको छ, हामीले सबै प्रहरी कार्यालयमा फोटोसहित परिपत्र गरेका छौ’ खड्काले भने, ‘हामी गम्भीर भएर खोजी गरिरहेका छौ ।’