इटहरीः आगामी शनिवार (बैशाख दश गते) इटहरी रंगशालामा फुड एण्ड वेभरेज मेला लाग्ने भएको छ ।

बीबीसी मास्टर सेफमा सहभागी भएर नेपाली खानाको विश्वभर प्रचार गरेका नेपाली सेफ सन्तोष साहको मुख्य आकर्षणमा हुन लागेको फुड एण्ड बेभरेज मेलामा सांगीतिक मनोरन्जन समेत लिन सकिने आयोजकले बताएका छन् ।

नेपाल पर्यटन वोर्ड, इटहरी उपमहानगरपालिका र पर्यटनसँग सम्बन्धित संस्था पाटाको प्रवद्धनमा हुन लागेको मेलाको मुख्य व्यवस्थापक इटहरी स्थित प्रिमियर होटल स्कुल रहेको छ ।

होटल तथा लज व्यावसायी संघहरुको आयोजनामा हुन लागेको फुड एण्ड बेभरेज मेलाको मुख्य उदेश्य भनेको प्रदेश एकको पर्यटनको प्रवद्धननै रहेको मेलाको व्यवस्थापक संस्था प्रिमियर होटल स्कूल संचालन गरिरहेको प्रिमियर गु्रपका सिईओ सुनिल भुषाल बताउँछन् । घुमौ पुर्व भन्ने नाराका साथ आयोजना गरिएको मेलामा प्रदेश एकको पर्यटकिय गन्तव्यको प्रवद्र्धन गर्नुका साथै दश देखि १२ वटा भेराइटिका खानाहरुको स्टल रहने र बिभिन्न प्रकारका खानाहरुको प्रवद्र्धन गरिने भुषालले बताए ।

278798277_1582761838776507_5358335023382571982_n

मेलामा देशकै ख्यातीप्राप्त गायक प्रमोद खरेल, रचना रिमाल र समिर श्रेष्ठको समेत प्रस्तुती रहनेछ । नेपाली खानाका साथै इन्डियन र चाइनिज खानाको परिकारहरु प्रस्तुत गरिने र ती खानाहरुको बीबीसी मास्टर सेफका सन्तोष साहले समेत निरिक्षण र पाककलाको ज्ञान सेयर गर्ने माध्यमका रुपमा मेला कोषेढुगा हुने आयोजकको आंकलन छ । विविसी मास्टरसेफ सन्तोष साह होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरुका लागि एम्बास्टर भएकाले उनको अनुभव सुन्न र उनलाई नजिकबाट नियाल्न विद्यार्थीहरु आत्तुर भएको बताइन्छ ।

278727600_3239092349707676_8895670239589816321_n

समग्र पर्यटनको विकासमा जोड दिनका लागि प्रदेश एकको पर्यटन हव इटहरी नै भएको इटहरीलाई आयोजनास्थलको रुपमा छनौट गरिएको प्रिमियर गु्रपका भुषालले प्रदेश पोर्टललाई जानकारी दिए । शनिवार दिउँसो २ बजेबाट सुरु हुने मेलामा ४ हजार भन्दा बढि दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेलालाई औपचारिक रुपमा उद्घाटन गर्न प्रदेशका पर्यटन मन्त्रीलाई आमन्त्रण गरिने बताइएको छ ।

278419114_865443237693108_1826790510002614597_n