इटहरीः इटहरी उपमहानगरभित्र रहेका २५ मतदान केन्द्र मध्ये १७ वटा मतदान स्थल संवेदनशील रहेको इटहरीका निर्वाचन अधिकृत नारायण रिमालले बताएका छन् ।

बिहिबार निर्वाधन अधिकृतको कार्यलय उद्घाटन पछि रिमालले संवेदनशील मतदान केन्द्रको लागि सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा निकायसँग छलफल भइरहेको बताएका हुन् । उनले आसन्न स्थानीय निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि अति नै संवेदनशील भएर कामको सुरुवात गरेको समेत बताए ।
इटहरीको निर्वाचन अधिकृतको कार्यलय उपमहानगर परिसरमै निर्माण गरिएको छ ।

१ लाख ४ हजार ६ सय २६ मतदाता रहेको इटहरीमा १ सय ११ मतदान केन्द्र रहने भएका छन् । सुनसरीकै उच्च मतदाता रहेको इटहरी उपमहानगरको निर्वाचनलाई नजिकैको उपमहानगर धरानले पनि चासोका साथ हेरेको छ ।