इटहरीः इटहरीमा गए राती विवाह उत्सवमा विवाद हुदाँ एक भारतीय युवकको मृत्यु भएको छ । इटहरी ६ स्वागत टोलमा विवाह उत्सवमा विवाद हुदाँ भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृत्यु भएको हो ।

पटेल केटी पक्षका आफन्त हुन् । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो । विवादकै क्रममा पटेलमाथि तीन जनाको समूहले कुटपिट गरेका थिए ।

प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ कै २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह छन् ।

प्रहरीका अनुसार चोरीको विषयमा मृतक र तीनैजनाबीच विवाद भएको थियो । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।

‘विवाह उत्सवमा मृतकलाई चोरीको आरोप लागेपछि कुटपिट भएको थियो’ इटहरीका डीएसपी खगेन्द्र खड्काले अपराध भने, ‘गम्भीर अवस्थामा विराट नर्सिङमा उपचारको क्रममा मृत्यु भयो ।’