इटहरीः आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सुनसरीमा झण्डै एकचालिस सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

निर्वाचन केन्द्रको संवेदनशिलतालाई हेरेर सुरक्षाकर्मीको परिचालन गर्ने तयारी जिल्ला प्रशासनको रहेको बताइएको छ । जिल्लाभर ४४ वटा अति संवेदनशिल, ८० संवेदनशिल र ४२ वटा मतदान केन्द्र सामान्यको सुचिमा राखिएका छन् ।

जिल्लाभर एक सय ६६ मतदान स्थल रहने सुनसरीमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा दिने भएको छ । सरकारले नेपाली सेनालाई निर्वाचनमा परिचालन गर्ने स्वीकृती पाइसकेको छ ।

निर्वाचनका लागि सुनसरी जिल्लामा जम्मा ४ हजार ७६ जना सुरक्षाकर्मी परिचालित हुने बताईएको छ । जसमा जसमा १ हजार १ सय ६६ जना नेपाल प्रहरी, ५ सय १२ जना सशस्त्र प्रहरी, ३ सय ३० जना नेपाली सेना र २ हजार ६८ जना म्यादी प्रहरी छन् ।

एक पालिकामा २ मोबाइल टोली संयुक्त सुरक्षा फौज १४ जनाको टोली रहने छ भने सशस्त्र प्रहरीको थप सहयोगका लागि अर्को रिर्जव टोली पनि रहने बताइएको छ । मतदान स्थलमा कुनै घटना घट्न पुगे सशस्त्र प्रहरीले कारबाही गर्ने छ ।