इटहरीः एकिकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्यसमिति सुनसरीद्धारा आयोजित शिक्षक ,कर्मचारी महिला पुरुष मैत्रीपुर्ण फुटवल प्रतियोगिता शनिवार इटहरीमा सम्पन्न भएको छ ।

एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष गणेश भटराईको सभापतित्वमा सम्पन्न भएको फुटवल प्रतियोगितामा शिक्षक र कर्मचारी पुरुष र महिला बिच अलग अलग खेल भएको थियो ।

IMG_0462

प्रतियोगितामा पुरुष शिक्षक कर्मचारी तर्फ शिक्षकको समुहलाई जिरोको बदलामा ४ गोल लगाउँदै कर्मचारी समुहले जित हासिल गरे भने महिला तर्फको खेल शुन्यको बराबरीमा टुगिँएको थियो । खेलमा बिजयी हुने समुहलाई कार्यक्रमका विशेष अतिथी नेकपा एकिकृत समाजवादीको केन्द्रिय सदस्य तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार विष्ट र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य बोधराज नेपालले पुरस्कार तथा प्रदान गरेका थिए ।

IMG_0534

आयोजक संस्था सरकारी कर्मचारी संगठन नेपालका जिल्ला कार्यसमिति सुनसरीका सचिव खड्ग बहादुर थापाले संचालन गरेको कार्यक्रममा आधिकारीक आधिकारी टेड युनिनियका केन्द्रिय अध्यक्ष भोलानाथ पोखरेल प्रमुख अथितीको रुपमा उपस्थित थिए ।

अथितीहरुमा भुवन राई , एकिकृत सरकारी कर्मचारी सगठनको संगठन बिभाग प्रमुख चेतनाथ न्यौपाने , सोहि संस्थाको प्रशिक्षण बिभाग प्रमुख प्रकाश राई, प्रगतिशिल नेपाल राष्टिय शिक्षक संगठनका प्रदेश संयोजक कमल तिम्सीना, पेशागत महासंघका केन्दिय सदस्य केशव खतिवडा, पेशागत महासंघका प्रदेश सह संयोजक लेखनाथ भटराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई संगठनका जिल्ला कमिटी उपाध्यक्ष उमेश गौतमले स्वागत गरेका थिए ।

279172482_2545744122226369_3738194174208797324_n

IMG_0455