झापाः जिल्ला प्रहरी कार्यालय झापाले अवैध रूपमा नेपाल भित्र्याइएको करिब ४ लाख रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगरका विभिन्न स्थानबाट ३ लाख ९७ हजार १ सय रुपैयाँ मूल्य बराबरको भारतीय सामान बरामद गरेको सो कार्यालयले जनाएको छ ।
यसरी पक्राउ गरिएका सामानमा रुख काट्ने चार थान मेसिन, ९६ पिस कपडा, स्टिलका भाँडावर्तन रहेका छन् । नेपालबाट भारततर्फ निर्यात गर्दै गर्दा मरिच र चुरोटसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।
बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रहरीले जनाएको छ ।