बराहक्षेत्रः नेकपा एमाले बराहक्षेत्र नगरले आफ्ना उमेदवारहरुलाई लिएर घरदैलो कार्यक्रम गर्न सुरु गरेको छ । यसैक्रममा हिजो (मंगलबार) मेयर उमेदवार निलम खनाल, उपमेयर उमेदवार नन्दा कुमारी राई, सम्बन्धित वडाका अध्यक्ष उमेदवार आशाराम चौधरी लगायतको समूह बराहक्षेत्र ४ स्थित माथिल्लो जमटोकीमा घरदैलो कार्यक्रम लिएर जादैगर्दा केहि रोचक दृश्यहरु देखिए ।

गत स्थानीयतह चुनावबाट उनै निलम खनाल र उनै आसाराम चौधरी निर्वाचित भएर आएका थिए । अन्रामण्ठ निवासी एक बृद्वले भने, ०७४ सालमा आउँदा त एमालेको ठूलो भिड थियो, आज त सय जना पनि थिएनन् । गाडी, मोटरसाइकल, सिटी सफारी लगायतको यातायातका साधनहरुसँगै गीत बजाएर हिडेको घरदैलो कार्यक्रममा कार्यकर्ताको न्यून उपस्थिति रहेको ती बृद्वले जनाए ।

त्यस्तै, एक भिडियो समाग्रीका अनुसार निलम खनाल एक टोलमा पुग्छन् र भन्छन्, ‘भोट माग्न आुको, तपाईंले अन्त मत दिने होईन, मलाई नै दिनुहुन्छ, त्यो मलाई थाहै छ, तर पनि आुको, के छ ?’तब जवाफमा एक युवक भन्छन्, ‘हुन त धेरै कुरा छ नि, तपाईंहरु पाँच वर्षमा एकपटक आउनुहुन्छ, के भन्नू ?’फेरि खनाल भन्छन्, ‘अस्ति आको थिए त ।’त्यसपछि उनीहरुको त्यो समूह त्यहाँबाट निस्किन्छ ।

यसैगरी घरदैलो कार्यक्रम अर्कोघरमा पुग्छ । एकजनाले बृद्वले भन्छिन् ‘हामी त तपाईंलाई मत नदिने, हाम्रो बाटोघाटो केही बनाइदिनुभएन ।’ उनीहरु सम्झाउन थाल्छन्, ‘बिस्तारै हुन्छ नि आमा ।’

एबम् प्रकारले बराहक्षेत्र ४ को एमालेको घरदैलोमा नागरिकको तमाम असन्तुष्टि र निरासापनलाई सुन्दै समापन भएको बुझिएको छ ।