इटहरीः जेठ १ गतेबाट लागु हुने गरी सरकारले हप्तामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै बुधबार सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि गरेको जानकारी गराएका हुन ।

केहि समय परिक्षणकालका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले जानकारी दिएका छन् ।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।