इटहरीः गत चैत्र १४ गते इटहरीमा भएको बम बिष्फोटका मुख्य योजनाकारसँगको सम्पर्कमा रहेका एक जना पत्रकार पक्राउ परेका छन् ।

इटहरी २ मा मिस ह्याण्डलिङ्गका कारण बिष्फोट भएको उक्त बम हिमाल सुरक्षा परिषद र कङग्रेन्ट फ्रन्ट अफ नेपाल नाम गरेको सङ्गठनसँग आबद्ध भएका व्यक्तिहरुको टोलीले लुकाई छिपाइ राखेका थिए ।

इटहरीकै कुनै चर्चमा बिष्फोट गर्ने भनेर बनाईको बम मिसह्याण्डलिङ्गका कारण संलग्नहरुको कोठामै बिष्फोट भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले झापा दमकबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने सोही स्थानका उत्तम रिजाल रहेका छन् । उनी खेलकुद टाइम्समा आवद्ध पत्रकार समेत रहेको खुलेको छ । प्रदेश प्रहरी कार्यलयको आईटी टोलीले रिजाललाई मंगलबार पक्राउ गरेको जनाएको छ । रिजाललाई प्रदेश प्रहरीको टोलीले पक्राउ गरेर ल्याएपछि इटहरीमा ल्याएर अनुसन्धान गरिँदैछ ।

इलाका प्रहरी कार्यलय इटहरीका अनुसार पत्रकार रिजालमाथि १० दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

इटहरी बम काण्ड सहित झापाको बिर्तामोड र दमकमा समेत हिमाल सुरक्षा परिषद्को नाममा पर्चा र बिष्फोटक पदार्थ भेटाएको थियो । सोहि घटनाका मुख्य योजनाकार खगेन्द्र खरेलसँग बम बिस्फोट गराउने कार्यमा पत्रकार भनिएका रिजालको समेत प्रत्यक्ष सम्पर्क रहेको आधारमा उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

खरेलकै योजनामा गत चैत १४ गते राति इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

हिमाल सुरक्षा परिषदको नामबाट माघ ९ गते झापाको बिर्तामोडमा र माघ १३ गते दमकस्थित शिवान चर्चमा पर्चाहरूसहित बिस्फोटक पदार्थ भेटिएका थिए । सो घटनामा खरेलकै मुख्या योजना रहेको खुलेको छ ।

परिषदले संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राख्दै सशस्त्र युद्वको घोषणा गरेको थियो ।