इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन मोटामोटी एक महिना मात्रै बाँकी रहँदा प्रदेश एकको खेलकुद विकास बोर्डलाई आयोजनामा कसरी सहभागिता जनाउने भन्ने चिन्ता बढेको छ ।

जिल्ला स्तरबाट खेलाडीको छनौट, त्यहाँ बाट आएका खेलाडीहरु मध्येबाट प्रदेश स्तरमा खेलाडीको छनौट, बन्द प्रशिक्षण र खेलमा सहभागिता जनाउनका लागि जम्मा जम्मी १ महिना समय अनि बजेट अभाव सबै कारणहरु आफुहरुलाई दवाव सिर्जना भएको प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हंशराज वाग्ले बताउँछन् ।

नियुक्त भएको २३ औँ दिनमा बिहिबार सुनसरी जिल्लाको इटहरीमा आयोजना भएको खेलकद सम्बन्धि भावी कार्यशाला गोष्ठिमा बोल्दै वाग्लेले निर्वाचनको मुखमा सबै काम एकै चोटि गर्नुपर्ने र आफुहरुसँग बजेट समेत नभएको भन्दै प्रदेश सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

खेलकुद विकास बोर्डका निवर्तमान पदाधिकारीहरुले कार्यलय चिटिक्क बनाईदिएको भएपनि बोर्डको ऋण साढे बत्तिस लाख रहेको र बिहिबार गर्दै गरेको कार्यक्रम पनि बोर्डले ऋणमै गर्दै गरेको प्रस्टाएका थिए ।३९ बिद्यामा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशले ३६ वटा खेलमा प्रतिस्पर्धा गर्न सक्ने बताउँदै जसका लागि करिव ७ करोड रुपैयाँ खर्च लाग्न सक्ने आंकलन प्रस्तुत गरेका थिए ।

279154922_538541354325319_8034898995893867455_n

छोटो समयमा सबै तयारी सक्नुपर्ने भएता पनि राष्ट्रिय खेलकुद परिषदले आफुहरुलाई ७५ लाख सम्म दिन सक्ने भएता पनि बाँकि बजेट प्रदेश सरकारले ब्यहोर्नुपर्ने बोर्डको भनाई थियो । कास्किको पोखरामा आयोजना हुने खेलमा ७ प्रदेशका ७ समुह तीन वटा बिभागीय समुह र एनआरएन गरी जम्मा ११ वटा टिमले सहभागिता जनाउने बताइएको छ ।

बजेट अभावका बावजुत पनि प्रदेश खेलकुद विकास बोर्डले जेष्ठ तीन गतेबाट जिल्ला छनौट, जेष्ठ ७ गतेबाट प्रदेश छनौट र जेष्ठ १४ गतेबाट बन्द प्रशिक्षण गर्ने र जेष्ठ २० गते खेलाडीको समुह सहित प्रतियोगिताको लागि पोखरा प्रस्थान गर्ने कार्यसुचि तयार गरेको छ ।

यद्यपि बजेटको बिषयमा भने अन्यौलता नै सिर्जना भएको छ । राखेपले बजेट व्यवस्थापनका लागि सबै प्रदेशका अर्थमन्त्रालयमा पत्र पठाउने भनेता पनि प्रदेशका अर्थमन्त्री इन्द्र आङ्गवोले प्रतियोगिता आयोजकले नै सहभागी खेलाडीको सम्पुर्ण व्यावस्थापन खर्च व्यहोर्नुपर्ने बताए ।

IMG_0752

अहिले प्रदेश सरकारसँग समेत बजेट उपलव्धता कम रहेको बताउँदै मन्त्री आङ्गवोले प्रदेशको खेलको पुर्वाधार, प्रशिक्षण लगायतका कामहरु प्रदेश सरकारले गर्ने भएपनि यो आयोजना राखेपले गर्ने भएकाले प्रतियोगिता सम्बन्धि सम्पुर्ण खर्चको व्यावस्थापन राखेपलेनै गर्नुपर्ने अर्थमन्त्रीको भनाई थियो । राखेपले दिने खर्चले आफुहरुले तीन वटा प्रतिस्पर्धामा मात्रै भाग लिन सक्ने प्रदेश खेलकुद विकास बोर्डको भनाई छ ।

कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईले समेत अर्थमन्त्रीको भनाईको बचाउ गरे । मुख्यमन्त्री राईले प्राथमिकतालाई हेरेर आवश्यकता निर्धारण गर्नुपर्ने आवश्यकता भएको भन्दै वताए । यद्यपि प्रदेशकै इज्जतको सवाल रहेकाले लज्जाश्पद हुने अवस्था आए आफुहरुले त्यसमा हेर्ने मुख्यमन्त्रीको भनाई थियो ।

बजेटकै सवालमा बोल्दै अर्को मन्त्री एंव प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष र सामाजिक विकास तथा खेलकुद मन्त्री राजन राई खेलकुदकै क्षेत्रबाट पनि देश र प्रदेशको नाम चिनाउन सकिने भएकाले खेलकुदका क्षेत्रमा बजेट विनियोजन गर्न र बोर्डको अनुरोधलाई गम्भिरताका साथ हेर्न राईले अर्थमन्त्रीलाई आग्रह गरे ।