इटहरीः नेपाल राष्ट्र बैँकबाट ‘क’ वर्गको बैँकिङ्ग कारोबार गर्ने इजाजत पाएको नविल बँैक लिमिटेडले आफ्नो १४६ औँ शाखा सुनसरीको झुम्कामा खोलेको छ ।

गत चैत्र २१ गतेबाटै सेवा शुरु गरेको भएता पनि रामधुनी नगरपालिका वडा नम्बर ५ मा खोलिएको शाखाको औपचारिक उद्घाटन बिहिबार बाट गरिएको हो ।

रामधुनीको झुम्कामा बैँकको शाखाका उद्घाटन बैंकका डिजिएम आदर्श बजगाई र कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले सयुक्त रुपमा रिवन काटेर गरेका थिए । बैंकको शाखा उद्घाटन गर्न आएका बजगाई नविल बैँकको इन्टरनेशनल बैँकिङ्ग तथा स्ट्राटेजिक एक्पान्सन बिभाग प्रमुख समेत हुन् ।

279031854_513655263804691_4179375773198650642_n

बैकले बिहिबार नै प्रदेश एकको झुम्का सहित २ वटा र देशभरी १४ वटा शाखा कार्यलयको उद्घाटन गरेको बँैकको झुम्का शाखा प्रमुख मोनी थापा क्षेत्रीले बताइन् । नविलले बिहिबार नै बिराटनगरको पुष्पलाल चोकमा समेत शाखा कार्यलयका उद्घाटन गरेको थापाले बताइन् ।

बैँकको झुम्का शाखाले अन्य शाखाले प्रदान गर्ने सबै सेवाका साथमा अनलाइनबाटै केवाईसी अपडेट गर्ने , आइकार्ड, पाँच सय सम्मको डलर कार्ड, क्युआर कोड मार्फत भुत्तानी तथा बैंकिङ्ग सेवाहरु प्रदान गर्ने थापाले बताइन् ।

झुम्का शाखा उद्घाटनको अवसरमा बैंकका प्रदेश म्यानेजर कृष्ण कुमार थापा, क्लष्टर हेड अन्जली श्रेष्ठ, इलाका प्रहरी कार्यलय पकलीमा प्रहरी निरिक्षक रविन्द्र थापा, रामधुनी नगरपालिकाको पशुसेवा बिभागका दुर्गा प्रसाद पराजुली , झुम्काकै व्यवसायी भरत कार्की लगायतको उपस्थिती रहेको बैँकका अपरेसन बिभागका सतिस कट्वालले बताए ।

278992125_564765041537198_4726316234762321470_n