प्रदेश स्तरीय अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • बैशाख १६, २०७९
  • १५४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः नेपाल राष्ट्र बैंक कर्मचारी संघको ३३औँ स्थापना दिवसको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको सभाहलमा प्रदेश स्तरीय अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाबाट १५ टीमको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा निर्जल घिमिरे र शोभा सिलवाल सम्मिलित नेपाल राष्ट्र बैंक प्रथम भयो भने सुरज श्रेष्ठ र गगन कुमार मण्डल सम्मिलित एभरेष्ट बैंक दोस्रो तथा संजीव कोइराला र योगेन्द्र राज खत्री सम्मिलित कृषि विकास बैंक तेस्रो भयो ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका अध्यक्ष श्री चन्दन सिंह चौधरीको सभापतित्व तथा नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख, निर्देशक श्री मीना पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । विजयी टीमलाई सभापति, प्रमुख अतिथी तथा अतिथीहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved