विराटनगरः विगत पाँच दिन देखि बेपत्ता बनेका उर्लाबारी ७ बरगाछीका ज्ञाने दर्जीको शव नयाँ बन्दै गरेको भवनको सेफ्टी ट्याङकीमा भेटिएको छ ।

दर्जी उर्लाबारी ५ मा साथीहरुसँग बस्दै आएको बुझिएको छ । प्रहरीले दर्जीको शव नग्न अवस्थामा भेटाएको बताएको छ भने शवलाई पोष्टमाटमका लागि पठाउने तयारी गरीरहेको बताइएको छ ।

शङ्कास्पद रूपमा शव फेला परेपछि प्रहरीले थप अनुसन्धानका लागि उर्लाबारीकै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।