धरानः बैशाख ३० गते हुनगइरहेको निर्वाचनमा चार दलिय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रा विक्रम बेघा धरानेहरुका लागि नौलो नाम होइन् । धरानको राजनीतिमा कृयाशील वेघा धरानको विकाशका मुद्धामा स्पष्टवक्ता, इमान्दार युवा नेताका रुपमा परिचित छन् । संघीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत जीव्न समेत विताएका वेघा जेल जीवन विताएका नेता हुन् ।

माओवादीको परिवर्तनकारी एजेन्डा अनुसार मुलुकमा संघीय गणतन्त्र आएकोमा कसैको दुइमत नहोला । त्यही परिवर्तनकारी शक्तिका युवा अगुवा वेघा यसपालीको स्थानिय चुनावमा धरान उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार छन् । २०७४ सालको चुनावमा मेयरको प्रत्याशी हुँदा ११ हजार बढी मत प्राप्त गरेका उनि धरानका युवा, महिला, श्रमिक, सुकुम्बासी देखी ज्येष्ठ नागरिक सबैका लागि परिचित युवा नेता हुन् ।

राजनीतिक जीवनमा कहिल्यै कुनै पनि प्रकारको पद, प्रलोभन र अवसरवादबाट अलग निर्विवाद आइन्द्र विक्रम वेघा स्व. प्रेमप्रसाद बेघा तथा आमा रुपकुमारी बेघा साम्सुहाङका छोरा हुन् । उनको जन्म २०३९ साल असार २७ गते आइतबा ताप्लेजुङमा भएको हो । जन्म ताप्लेजुङमा भएपनि उनले राजनीतिक कर्मक्षेत्र धरानलाई बनाएर कृयाशील रहँदै आएका छन् । धरानमा स्थायी बसोबा वडा १९ हो ।

वेघाको प्रारम्भिक शिक्षा झापाबाट शुरु भएको हो । बाल्यकालमा ताप्लेजुङमा मावलीमा बसेर कक्षा २ का पढ्दै गर्दा झापा बारदशी झरेका उनले मावि स्तरको पढाई पुरा गरेका हुन् । उच्च शिक्षाको लागि धरानको महेन्द्र वहुमुखी क्याम्पसमा पढाई शुरु गरेका उनको राजनीतिक जीवन त्यही माओवादीमा आवद्ध हुँदै शुरु भएको हो । पार्टीको पूर्णकालिक क्याडरका रुपमा रहेर उनी भूमिगत आन्दोलनमा सामेल भए ।

आन्दोलनकै क्रममा २०६० साल भदौ १५ गते पाचथरको फिदिममा नेता बेघा पक्राउ परे । बन्दी जीवनमा बेगाले भोग्नु परेको नेपाली सेनाको अमानविय यातनाको अनुभव दर्दनाक छ । त्यस बेला चिरञ्जवी लामिछाने पार्टीका पाचथरका जिल्ला सचिव थिए । वेघा अनिरास्ववियु क्रान्तिकारीको केन्द्रीय थिए । पक्राउ गरिएका वेघलाई तत्कालिन शासकले ११ महिना बेपत्ता बनायो ।

SUB_0181

सेनाले आँखामा पट्टी, हातमा हतकडी लगाएर सैनिक व्यारेकमा कठोर बन्दी बनाएको थियो । ११ महिना पछि पाचथरका जिशिअ डिल्लीराम लुईटेललाई सहकर्मीहरुले सार्वजनिक गर्न दबाब दिएपछि बल्ल जिसिअकै रोवहरणमा वेघालाई सार्वजनिक गरिएको थियो । लगत्तै उनलाई हिरासतमा लिएर विरानगर मोरङ कारागार चलान गरियो । त्यसै विच कारागारमा भएको ठूलो झडपमा प्रहरीको कुटपिटबाट एक बन्दीको मृत्यु भयो । बन्दीहरु आन्दोलित भए त्यसै विच वेघा सहित केहीलाई सुन्दरी जल जेल सरुवा गरियो ।

सुन्दरीजल बसाईकै बेला मुलुकमा ०६२/०६३ को आन्दोलन शुरु भयो । २०६३ जेठ १२ गते बेघा रिहा भए । तीन बर्षको जेल जीवनका विच जेलै बाट उनले स्नातक सम्ममको पढाई पुरा गरेका हुन् । जनआन्दोलनले मुलुकमा राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना हुँदा सम्म बेघाले पार्टीका विभिन्न जिम्मेवारी सम्हालेको अनुभव प्राप्त गर्न पाए । एरिया सदस्य हुदै जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी, एरिया कमिटी, प्रदेश कमिटीको जिम्मेवारी पूरा गरेका बेघाले विद्यार्थी राजनीतिमा अनेराश्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी पुरा गरेका छन् ।

यसविच बेघा संघीय मामिला संविधान सभा तथा संस्कृति मन्त्रीको स्वकीय सचिव पनि भए । पार्टीमा सक्रिय बेघाले आन्दोलनको नेतृत्व गर्ने क्रममा प्रदेश १ को राजधानी धरान बनाउने माग सहित भएको आन्दोलनको पार्टीबाट नेतृत्व गरेका थिए । धरानमा सुकुम्बासी समस्याको मुद्धा बारम्बार उठाइरहने नेताको रुपमा उनलाई चिनिन्छ । धरानको खानेपानी समस्या समाधानको मुद्धा, विकास निर्माणको सवालमा शसक्त भूमिका निर्वाह गर्ने नेताका रुपमा पनि आइन्द्र विक्रम वेघा अग्रपंक्तिमा आउँछन् ।