इटहरीः मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको गाडीमा आगजनी गरिएको छ ।

गौतमको आफ्नै घरको आगनमा पार्किङ्ग गरेर राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका वडा नम्बर २ मा रातको २ बजेतिर उक्त घटना घटाइएको थियो । राप्रपाबाट मेयरमा उम्मेदवार बनेका गौतम होटल व्यवसायी समेत रहेको पाइएको छ ।

279716344_5041031942655556_3264079241114204756_n

तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे पक्राउ परेका हुन् । पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सीसी क्यामेरा फुटेजमै देखिएको प्रहरीको भनाई छ ।